२०८३ जेष्ठ १९
२०८३ जेष्ठ १९

मे महिनामा एक लाख २ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन मे महिनामा १९.०७ प्रतिशतले बढेको । गत बर्षको मे महिनामा भन्दा यस बर्षको मेमा नेपाल आउने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको मेमा कुल एक लाख २ हजार ६२६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मेमा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मेमा यो संख्या ७८ हजार ३२९ रहेको थियो ।

मे महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट मेमा ४० हजार ७८२ जना अर्थात ३९.७४ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मेमा चीनबाट दोस्रो धेरै ११ हजार ५१४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी अमेरिकाबाट ९ हजार १, बंगलादेशबाट ५ हजार २९८ जना, बेलायतबाट ३ हजार ३७५ जना, अस्ट्रेलियाबाट २ हजार ८७० जना, मलेसियाबाट २ हजार ८५७ जना र जापानबाट १ हजार ७५६ पर्यटक मे महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार ४६१, एशियाका अन्य देशबाट २० हजार ४६२ जना, युरोपबाट १३ हजार ४४० जना, अमेरिका क्षेत्रबाट १० हजार ६१८ जना, ओसिनियाबाट ३ हजार १८८ जना मे महिनामा नेपाल आएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।