२०८२ मंसिर १
२०८२ मंसिर १

मुख्यमन्त्री सोनल र बेलायती दूतावासका प्रतिनिधिबीच शिष्टाचार भेट

जनकपुरधाम, कात्तिक १३ गते 

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पाैलिन सिनन नेतृत्वको टोलीले विहीवार जनकपुरधाममा शिष्टाचार भेटघाट गरेको छ ।

 


भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य हुनेमा जोड दिनुभयो । उहाँले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि बताउनुभयो ।

 


यस अवसरमा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताउँदै सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्न इच्छा व्यक्त गर्नुभयो ।
भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।