२०८२ मंसिर १
२०८२ मंसिर १

माधवनारायणको लौकाहामा खानेपानी योजनाको शिलान्यास

आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा खानेपानी योजनाको आज शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा खानेपानीको सुविधा विस्तारका लागि खानेपानी योजना शिलान्यास गरिएको हो ।

शुक्रवार नगर प्रमुख बैजनाथ प्रसाद यादवले विधिवत रुपमा खानेपानी योजना शिलान्यास गरेका हुन् । मधेश प्रदेश सरकारको खानेपानी तथा ऊर्जा विकास मन्त्रालय जनकपुरधाम मार्फत सो खानेपानी निर्माण हुन लागेको हो ।
मन्त्राललयले चालु आर्थिक वर्षमा रु १५ लाख छुट्टयाएको वडा अध्यक्ष दिलिप यादवले जानकारी गराउनु भयो । पञ्च वर्र्षीय योजना अन्तर्गत निर्माण हुन गइरहेको खानेपानीमा प्रत्येक वर्ष मन्त्रालय बाट बजेट थप गर्ने उनले बताए ।
शिलान्यास भएसँगै आजैदेखि काम सुरु गरिएको जनाइएको छ । खानेपानी निर्माण भइ सञ्चालनमा आएपछि उक्त टोलका हजारौं उपभोक्ता लाभान्वित हुनेछन् । वर्षौदेखि उक्त टोलका आमजन्नताहरु शुद्धखानेपानी पिउन बाट बञ्चित हुँदै आएका थिए ।
खानेपानी शिलान्यासको अवसरमा माधवनारायण नगरपालिकाकी उपमेयर निर्मला देवी रमण,पूर्व मेयर विरेन्द्र यादव,मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।