२०८२ पुष ३०
२०८२ पुष ३०

मधेशका सामुदायिक रेडियोका समस्या र समाधानबारे साधारण सभामा व्यापक छलफल

बज्जिकाञ्चल संवाददाता,रा‌ैतहट,२२ गते मंसिर । 

राैतहट । सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशको चौथो साधारण सभा सोमबार मौलापुर पिकनिक पार्कमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले समुदायिक रेडियोहरूको वर्तमान चुनौती, पत्रकारिता क्षेत्रको दायित्व र सुधारका आवश्यकता बारे विभिन्न धारणा राखेका थिए ।

 

कार्यक्रमका मुख्य अतिथि पूर्वमन्त्री तथा आजपा अध्यक्ष प्रभु साहले समुदायिक रेडियोहरूले पछिल्ला वर्षहरूमा भोगिरहेको समस्याहरूप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताए । आन्दोलनका बेला महत्वपूर्ण भूमिका खेलेका पत्रकारप्रति राज्य उदासीन देखिनु दुःखद भएको उनले उल्लेख गरेका थिए ।

 

विशिष्ट अतिथि तथा आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारहरूको जीवन बीमा, क्षमता विकास तालिम लगायत पत्रकार हितमा केन्द्रित कार्यक्रमहरू चालु रहेको जानकारी दिए। पत्रकारितामा आचारसंहिता र पेशागत मर्यादा पालनाकाे आवश्यकता उनले जोड दिए । त्यस्तै मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवले पनि रेडियोले भाेग्नु समस्याका बारेमा आफ्नो धारणा राख्नु भयो ।

 

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले रेडियोहरूले अब परम्परागत शैलीमै सीमित नभई आधुनिक प्रविधि अपनाएर सामग्रीको गुणस्तर उकास्नुपर्ने सुझाव दिए ।

 

देवही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले पत्रकारहरू ‘अवाजविहीनको आवाज’ भएको उल्लेख गर्दै जनताका समस्यालाई तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरे। कुनै पनि समाचारले कसैलाई अनावश्यक रूपमा अन्यायमा नपार्नुपर्ने उनले स्पष्ट पारेका थिए ।

 

संघकी प्रदेश अध्यक्ष उपसना तिवारीले धेरै समुदायिक रेडियोहरू आर्थिक र प्राविधिक कठिनाइबाट गुज्रिरहेको बताए । संघले सुरक्षा, स्थायित्व र सुदृढीकरणका लागि निरन्तर पहल गरिरहेको उनले जानकारी गराइन् । प्रदेश सरकारले विज्ञापन तथा अन्य कार्यक्रममार्फत सहयोग पुर्‍याइरहेको पनि उनले उल्लेख गरिन् ।

 

कार्यक्रममा रौतहट एफएमका चंचल झा र महोत्तरीका निरञ्जन साहले स्थानीय रेडियोहरूले सामना गरिरहेका चुनौती र सम्भावित समाधानबारे आफ्ना विचार प्रस्तुत गरे।

कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश मैनालीले गरेका थिए । साे कार्यक्रम राैतहटका सामुदायिक रेडियोकाे प्रतिनिधि र पत्रकारहरूकाे सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।