२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ

काठमाडौं, भदौ ०३ । 

भारतका विदेश सचिव विक्रम मिस्रीको २०८२ भदौ १ र २ गते सम्पन्न नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले राजनीतिक, कूटनीतिक तथा सैनिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरी विभिन्न सहकार्यका पक्षमा छलफल गर्नुभएको थियो ।

भ्रमणका क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गर्दै भारत सरकारको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । साथै, प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गर्नुभएको छ ।

नेपाल–भारत सचिवस्तरीय बैठकमा दुवै देशका सचिवहरुले द्विपक्षीय सहकार्यका क्षेत्रमा भएका प्रगतिबारे समीक्षा गर्दै आगामी सम्भावनाबारे विस्तृत छलफल गरेका थिए । प्रधानमन्त्री ओलीको प्रस्तावित भारत भ्रमणलाई लिएर समेत प्राथमिक एजेन्डाहरु तय गरिएका थिए ।

भारतका विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलसँग भेट गरी लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल उपकरण र सैन्य जनावरहरु हस्तान्तरण गर्दै भारतको तर्फबाट नेपाली सेनासँगको सहकार्यलाई थप बलियो बनाउनु भएको थियो ।

भेटवार्ताहरुमा भौतिक तथा डिजिटल पूर्वाधार, ऊर्जा, रक्षा, र सुरक्षा क्षेत्रमा हालसम्म हासिल उपलब्धिहरुमा सन्तुष्टि व्यक्त गर्दै, आगामी दिनमा सहकार्यलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

‘छिमेकी पहिलो’ नीतिअनुसार नेपाललाई भारतको प्राथमिक साझेदारको रुपमा पुनः पुष्टि गरिएको भ्रमणले दुई देशबीचको परम्परागत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।