२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

बालेन शाह भन्छन, ‘आईडिया बैंकमा आबेदन दिनुहोस, उद्यमी बन्नुहोस्’

 

काठमाडौं, ६ जेठ ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् ।

 

काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन ।

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन ।

 

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् ।

 

‘कसरी त्यसको Business Plan बनाउने Implementation Plan बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनकाे अपिलमा भनिएकाे छ, ‘ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ ।’ उनका अनुसार २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।