हैदराबाद, ६ जेठ ।
गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो बाल्यकाल बिताएको चेन्नई, भारतको घर बेचिएको छ ।
पिचाईका बाबुआमाले पुरानो घर जग्गा तमिल अभिनेता तथा निर्माता सी मणिकन्दनलाई बेचेका हुन ।
मदुरै, तमिलनाडुमा लक्ष्मी र रघुनाथ पिचाईको घरमा जन्मेका सुन्दर पिचाईले आफ्नो सम्पूर्ण बाल्यकाल चेन्नईमा बिताए। पिचाईले आईआईटी खड़गपुरमा भर्ना हुनुअघि यहाँ शिक्षा प्राप्त गरेका थिए। सुन्दर २० वर्षको उमेरसम्म यही घरमा बस्थे । उनी अहिले अमेरिकामा बस्छन् ।
यो घर कति पैसामा बेचियो, यसको जानकारी भने खुलाइएको छैन । द हिन्दु बिजनेस लाईनसँग कुरा गर्दै मणिकन्दनले भने, ‘म आफै रियल स्टेट डेभलपर हुँ। मैले करिब ३ सय घर बनाएको छु । सुन्दर पिचाईले हाम्रो देशलाई गौरवान्वित बनाएका छन् । उहाँ बस्ने घर किन्नु मेरो जीवनको गौरवको क्षण हो।’
जग्गाका नयाँ मालिक मणिकन्दनले आफ्नो अनुभव बाँड्दै भने, ‘पिचाईको पहिलो सम्पत्ति भएकाले सम्पत्तिको कागजात हस्तान्तरण गर्दा उनका बुबा निकै भावुक हुनु भयो, पिचाईका बुबाले कागजी कार्य पूरा गर्न दर्ता कार्यालयमा घण्टौं धैर्यताका साथ पर्खनुभयो,’ मणिकन्दनले भने। लेनदेन प्रक्रिया पूरा हुन करिब चार महिना लाग्यो किनकि पिचाईका बुबा त्यतिबेला अमेरिकामा बस्दै आएका थिए।
यो घर किन्ने कुरा चलिरहेको बेला सुन्दरकी आमाले व्यक्तिगत फिल्टर कफी बनाएको मणिकन्दनले स्मरण गरे ।
पिचाई अन्तिम पटक सन् २०२१ को अक्टोबरमा चेन्नई आएका थिए । हवाईअड्डा जाने बाटोमा उनी बाल्यकालका सम्झना ताजा गर्न वाणी स्कुलसमेत पुगेका थिए ।
अहिले सो घर भत्काउने कार्य सुरु भएको छ । जसलाई हरियो रंगको जालीदार कपडाले छोपिएको छ ।
जनकपुर, ६ बैशाख ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको बताएका छन् ।
जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताएका छन् ।
‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भने ।
उनले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न नरहेको पनि उनले जानकारी दिएका छन् । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उनले भने ।
नेता नेपालले रेशम चौधरीलाई जेलवाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाएका छन् । ‘सर्वोच्च अदालतको पैmसालाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’
टोकियो, ६ जेठ ।
रूस र युक्रेनको युद्ध जारी रहेको बेला युक्रेनी राष्ट्रपति जापान पुगेका छन् ।
जापानमा जारी जि–७ को सम्मेलनमा भाग लिनका लागि उनी शनिवार बिहान जापना पुगेका हुन् ।
विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रूससँग लामो सम्बन्ध भएका ‘ग्लोबल साउथ’ नेताहरूका माझ आफनो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् ।
गौर, ७ जेठ ।
रौतहटमा छुरा प्रहारवाट एक जनाको ज्यान गएको छ ।
गौर नगरपालिका–७ सिसवा गाउँमा गएराति छुरा प्रहारमा परी ५० वर्षीय यार महमद खानको ज्यान गएको हो । उनी गत निर्वाचनमा नेकपा एमालेकातर्फवाट वडा अध्यक्षका उम्मेदवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानसँग भएको झगडामा उनी माथी छुरा प्रहार भएको थियो । छात्तिमा छुरा प्रहार भए पछि घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो।
तर, उपचारको क्रममा उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए।
छुरा प्रहारमा संलग्न छिमेकी साविर खान भने फरार भएका छन्। उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
बारा, ६ बैशाख ।
प्रहरीले ६ महिना अघिको बलात्कार घटनामा संलग्न एक युवालाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरी ल्याएको छ ।
एक १३ वर्षिया बालिकालाई बलात्कार गरी गत कात्तिक देखी फरार रहेका युवालाई काभ्रेवाट पक्राउ गरी ल्याईएको हो ।
यसरी पक्राउ पर्नेमा आदर्श कोतवाल गाउँपालिका–३ घटनियाका २५ वर्षीय बिशोरी बैठा रहेको बारा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार बलात्कारको घटना लगत्तै फरार रहेका बैठालाई काभ्रे जिल्लामा लुकिछिपी रहेको जानकारी पाए पछि सोही स्थानमा गएर पक्राउ गरेर ल्याईएको हो ।
गत कात्तिक १६ गते बैठा र उनका साथीले शौचालय गर्न घर बाहिर निस्किएकी गाउँकै १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो घटना पछि फरार रहदैँ आएका बैठा पक्राउ परेका हुन । सो घटनामा संलग्न अर्का एकजना भने अझै फरार रहेका छन् ।
मस्को, ६ जेठ ।
रुसले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, टेलिभिजन होस्ट स्टीफन कोल्बर्ट र सीएनएनका एरिन बर्नेटलगायत ५०० अमेरिकीनहरुलाई रसिया प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।
रुसले शुक्रबार गरेको घोषणा गरे अनुुसार जो बाइडेन प्रशासनले लगाएको नियमित रुस विरोधी प्रतिबन्धको प्रतिक्रियामा ५०० अमेरिकीहरु माथी सो प्रतिबन्ध लगाईएको हो । ‘अमेरिकका कार्यकारी शक्तिका धेरै प्रमुख व्यक्तित्वहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, रुसी बिदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।
सिएनएनका अनुसार सो प्रतिबन्धको सूचीमा पुर्व राष्ट्रपति बाराका ओबामा, पूर्व अमेरिकी राजदूत जोन हन्ट्सम्यान, धेरैजसो अमेरिकी सिनेटरहरू, चार्ल्स क्यू ब्राउन जुनियरलगायत समावेश रहेका छन् ।
धनगढी, ६ वैशाख
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन्।
नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन्। शनिबार बसेको कांग्रेसको सुदूरपश्चिम संसदीय दलको बैठकले सिंहलाई मन्त्री बनाउने निर्णय गरेको थियो।
माओवादी केन्द्रबाट झपट साउद र रमेश धामी मन्त्री बनेका छन् भने गीतादेवी माल राज्यन्त्री बनेकी छन्। साउद सामाजिक विकास मन्त्री र धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन्।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए। देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन्। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन्।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन। उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले आफूहरूले दुई वटा मन्त्रालय पाउनु पर्ने माग गर्दै आएका छन्।
काठमाडौं, ६ फागुन ।
फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधिन फिल्म ‘तलास २’ को छायाङ्कन पुरा भएको छ ।
दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको हाे ।
निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरुले भोग्नु परेको विषयवस्तुमा बनाएको बताए । फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पुर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।
साे फिल्ममा विकास चौधरीको सङ्गीतमा राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर रहेकाे तथा कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ ।
सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता छन् ।
धनगढी, ६ जेठ
बाजुराको जगन्नाथ गाउँपालिकाकी पूर्वउपाध्यक्षको निधन भएको छ । २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो ।
नेकपा एमालेकी जिल्ला कमिटी सदस्यसमेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
पहिले देखिनै खुट्टा र पेटको समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारीक स्रोतको भनाइ छ ।
धनगढी, ६ जेठ
सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पृथ्वीबहादुर सिंहले शपथ लिएका हुन् ।
उद्योय पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले शपथ लिएका छन् । तीन मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका हुन भने राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शनिवार साझ ४ बजे शपथ ग्रहरणको कार्यक्रम रहेको थियो । नागरिक उन्मुक्ति पार्टीबाट भने कुनैले पनि शपथ लिएनन् । नागरिक उन्मुक्ति पार्टीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्र छोडिएको छ । उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गर्दै आएको थियो ।