काठमाडौं । जेनजीको आन्दोलन चर्केर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपचारको बहानामा दुबई भाग्न लागेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।
उपचारको बहाना गरेर प्रधानमन्त्री ओली दुबई भाग्ने तयारीमा रहेको र उनले हिमालयन एयरलाइन्सको जहाज प्रयोग गर्दैछन् भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।
सामाजिक सञ्जालमा दुबइबाट फर्कर्दै गरेको हिमालय एयरलाइन्सको ए३२०–२१४ कलसाइनको ९एनएलडब्लु जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको तस्बिर भाइरल छ । उक्त जहाजमार्फत ओली दुबइ भाग्दैछन् भन्ने हल्ला सामाजिक सञ्जालमा फैलाइएको छ ।
‘ओलीले प्रयोग गर्ने नियमित जहाज हिमालयन एयरलाइन्स’ अहिले दुबईतर्फ बाट नेपालका लागि ल्याण्ड गरेको छ, यही जहाज उनले चीन भ्रमणमा पनि प्रयोग गरेका थिए’ भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार कुनै पनि भीआईपी उडान नभएको र अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।
हिमालयन एयरलान्इसका उपाध्यक्ष विजय श्रेष्ठले पनि सामाजिक सञ्जालमा आएको भनिएको हल्ला निराधार रहेको बताए । जेनजीको आन्दोलन चर्कदै गएकोले आएको यस्तो हल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे ।








