२०८२ फाल्गुन २६
२०८२ फाल्गुन २६

पोखरामा सबैभन्दा लामो ट्रायथलन आजवाट सुरु

 

पोखरा ।

पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन भएकाे छ।

 

दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् ।

हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता सुरु भएकाे हाे ।

हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

 

आयोजकका अनुसार शनिबार फेवातालमा ३‍ ८ किमी लामो पौडीबाट सो प्रतियोगिता सुरु हुनेछ भने लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ।

 

पोखरा लेकसाईडबाट सुरु हुने सो साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुन: फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुने जनाईएको छ ।

 

सो साइकल दौड प्रतियोगिता पछि ४३ किमी लामो दौड सुरु हुनेछ। काँडे हुँदै ४ हजार मिटरको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।

 

सो प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेका छन भने प्रतियोगितामा करिब १ करोड खर्च हुुने अनुमान आयोजकको रहेको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।