२०८२ मंसिर १
२०८२ मंसिर १

पुष्पा-२ को हिन्दी भर्सन २७५ करोडमा बिक्री

 

मुम्बई, ७ वैशाख ।

फिल्म ‘पुष्पा’को सफलता देख्दा जोकोही चकित परेका थिए । कमाईको मामलामा यो फिल्मले सबै रेकर्ड तोडिदिएको थियो । अहिले यसका निर्माताले ‘पुष्पा’को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण गरिसकेका छन् । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।

 

फिल्मको टीजर र ट्रेलर रिलिज अघि नै फिल्मले २ सय ७५ करोड रुपैंयाँ कमाईसकेको छ । फिल्मको हिन्दी भर्सनलाई निर्माताले २ सय करोडमा बेचेका छन् ।

 

त्यस्तै उनीहरुले फिल्मको अडियो राइट्स पनि ७५ करोडमा बेचेका छन् । निर्माताले अल्लू अर्जुनको प्रमुख भूमिकामा अभिनय रहने फिल्मले यसपटक २ हजार करोडको व्यापार गर्ने दाबी गरेका छन् ।

 

रश्मिका मन्दानाको समेत अभिनय रहेको फिल्म सन् २०२४ को अप्रिलमा रिलिज हुने तयारीमा छ । हालैमात्र अल्लूको जन्मदिनको केही मिनेटमै फिलमको भिडियो रिलिज गरिएको थियो ।

 

भिडियोमा अल्लुको लुक्सलाई देखेर उनका फ्यानहरु उत्साहित देखिएका थिए । फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अल्लूको लुक्सबाट फ्यान मोहित भएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।