२०८२ फाल्गुन २४
२०८२ फाल्गुन २४

पराग्वेमाथि ब्राजिलको फराकिलो जित 

काठमाडौँ । ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समुह डी मा दोस्रो स्थानमा छ । त्यस्तै पराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समुह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोहि दिन पराग्वेले कोस्टा रिकाको सामना गर्ने छ ।न्युज कारखाना

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।