२०८३ बैशाख १९
२०८३ बैशाख १९

नेपाल ट्रेड युनियन काँग्रेसको नयाँ जिल्ला कार्य समिति गठन

 

रौतहट, १ जेठ ।

नेपाल ट्रेड युनियन काँग्रेस रौतहटको सम्पर्ण सातौं जिल्ला अधिवेशनले राम सोगारथ यादवको अध्यक्षमा १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएका छन् । रौतहटको गरुडामा सम्पन्न भएको जिल्ला अधिवेशनबाट सर्वसहमतीको आधारमा जिल्ला कार्य समितिले गठन गरेर पूर्णता दिएका हुन् ।

सर्व सहमतीबाट पूर्णता पाएका जिल्ला समितिको उपाध्यक्षमा खुला तर्फ प्रभातकुमार झा, उपाध्यक्ष (महिला) संजु बैठा, उपाध्यक्ष (सेवा) तर्फबाट अमरेन्द्र कुमार सिंह, उपाध्यक्ष (अनौपचारिक) तर्फ अमरेन्द्र कुमार यादव, उपाध्यक्ष (उपदान) तर्फ सत्येन्द्र यादव चयन हुनु भएका छन् ।

सचिवमा महम्मद अब्दुला, सह सचिवद्धय श्रीमती सपना पासवान र किशोरी चौधरी, कोषाध्यक्षमा अंजु चौधरी र सह कोषाध्यक्षमा रामेश्वर ठाकुर लाई चयन गरिएको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएको छ । सदस्यहरुमा नरेश चौधरी, प्रदीप जयसवाल, शिवनाथ महतो, ब्रम्ह्देव ठाकुर र लाल बाबु महतो रहनु भएका छन् ।

महिला सदस्यहरुमा इन्दुदेवी राम, श्रीमती नितु जयसवाल र श्रीमती विणा महतोलाई चयन गरिएको जिल्ला अध्यक्ष रामसोगार यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । तराइ टप

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।