२०८२ मंसिर १
२०८२ मंसिर १

नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु

 

काठमाडौं, ५ चैत

नेपालमा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार आज १७१ जनामा संक्रमण पुष्टि भएको र दुई जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २५ पुगेको छ । मंगलबार ९८० नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, १ हजार ३१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । समग्रमा देशभर २ हजार २९२ नमुनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।