२०८२ मंसिर १
२०८२ मंसिर १

जवानमा दीपिकाको केमियो

 

मुम्बई, ५ वैशाख ।

बलिउडमा एउटा नियम स्थापित छ । त्यो यो हो कि कुनै पनि फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरे भने त्यो फिल्मले बक्सअफिसमा अवश्य नै धमाल गर्छ ।

 

‘ओम शान्ति ओम’ होस् या ‘चेन्नई एक्सप्रेस’ अथवा पछिल्लो ‘पठान’ नै किन नहोस् । यी फिल्ममा यो जोडीको केमेष्ट्रीलाई दर्शकले खुबै मनपराए । अब पुनः यो जोडी फिल्म ‘जवान’मा देखिँदैछन् ।

हालैमात्र फिल्मको सुटिङ सेटबाट एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्वीरमा दीपिका र शाहरुखलाई नृत्यरत अवस्थामा देख्न सकिन्छ । जुन तस्वीर यतिबेला भाइरल भइरहेको छ ।

फिल्ममा शाहरुखको जोडी नयनतारा हुनेछिन् । फिल्ममा दीपिका भने केमियो भूमिकामा देखिनेछिन् । त्यहीकारण उनीहरुले त्यही केमियो दृश्यका लागि नृत्य गरेका हुन् ।

तस्वीरमा दुवैलाई सेतो सर्ट, कालो पेन्ट र कालो बुटमा देख्न सकिन्छ । दीपिकाले गलामा रातो रंगको स्कार्फ पनि लगाएकी छन् । दुवैले कैयौं स्टेप देखाएका छन् ।

फिल्म ‘जवान’ जुनमा रिलिज हुँदैछ । फिल्ममा दक्षिण भारतका लोकप्रिय निर्देशक एटलीको निर्देशन छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।