२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

चुरे संरक्षण अभियन्ता नागदेव यादव सरकारबाट सम्मानित

 

विशाल बस्नेत ,महा‍ेत्तरी, २ वैशाख । 

चुरे संरक्षणमा योगदान पुर्‍याएबापत नागदेव यादव नेपाल सरकारबाट सम्मानित भएका छन ।

 

राष्ट्र गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत यादवलाइ जनसेवा श्री पन्चम श्रेणीद्वारा विभूषित गरिएको हो । चुरे संरक्षणमा पुर्‍याए याेगदानकाे मूल्यांकन गर्दै नेपाल सरकारले राष्ट्रिय पुरस्कारबाट विभूषित गरेको हाे ।

 

पुरस्कारले चुरे संरक्षणमा लाग्न थप हौसला प्रदान गरेको बताउँदै चुरे संरक्षण विज्ञसमेत रहेका यादवले भने – `हामीले गरेको अभ्यास वास्तवमै सरकारले उत्कृष्ट ठहर्‍याएको छ ।´ जलवायु परिवर्तन तथा चुरे विनाशले मधेशको जनजीविकामा पारेको असरलाई मध्यनजर गर्दै यादवले विपन्न वर्गहरुलाई बगरमाथि खेती लगाउन सिकाउँदै आएका छन् ।

उनकै सहयाेगले बाढीले  बगर बनाएको नदीको तटीयक्षेत्रमा तरकारीदेखि अन्य नगदे बाली उत्पादन गर्न थालिएकाे छ । भूमिहीन किसानहरुलाई पहिचान गरि गौशालाको कुस्मारी, बर्दिबास, भंगाहा धनुषाको बट्टेश्वर र मिथिला अनि सिरहाको कर्जन्हा नगरपालिकामा बगरमा खेती गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।