गोडैता (सर्लाही) — मधेशमा महिलाले अझै पनि समान अधिकार र स्वतन्त्रता सहजै उपभोग गर्न पाएका छैनन् भन्ने उदाहरण हुन् गोडैता नगरपालिका–२, जयपुरकी अमृता। पत्रकारितामा सक्रिय रहेकी उनी महिलामाथि हुने विभेद र सामाजिक बन्धनको सामना गर्दै निरन्तर कलम चलाइरहेकी छन्। तर, उनी आफैं महिल भएकै कारण समाजबाट अपमान, बेइज्जत र विभेदको शिकार भइरहेकी छन्।
अमृताले बताइन् — “मलाई महिला भएकै कारण धेरै प्रतिबन्ध लगाइन्छ। चश्मा लगाउन पाइदैन, गाडी चलाउन पाइदैन, बोल्न पाइदैन भन्ने सोच अझै बलियो छ। यो मानसिकता समाजकै प्रगतिका लागि हानिकारक हो।”
उनको भनाइमा, महिलाले आफ्नो पहिचान अनुसार स्वतन्त्रता उपभोग गर्न नपाउनु ठूलो अन्याय हो। पत्रकार भएर आवाज उठाउँदा उनी अझ बढी आलोचना र सामाजिक दबाबमा पर्नुपर्ने अवस्था छ।
परिवारलाई समेत असर
अमृताको मात्र नभई उनको परिवारले समेत विभेदको असर भोगिरहेको छ।
“मेरो बुवालाई समेत बेइज्जत र अपमान गरियो। महिलाको स्वतन्त्रतामा रोक लगाउने सोचका कारण हाम्रो सम्पूर्ण परिवार नै मानसिक पीडामा परेको छ,” अमृताले दुखेसो पोखिन्।
मधेशमा गहिरो लैंगिक विभेद
महिला अधिकारकर्मीहरूको भनाइमा मधेशमा अझै पनि लैंगिक विभेदको जरा बलियो छ। समाजमा पुरुषलाई स्वतन्त्र र अगाडि बढ्ने अधिकार सहजै दिइन्छ भने महिलालाई अझै घरको चारदिवारमा मात्र सीमित गर्न खोजिन्छ। यसले महिला पत्रकारलाई अझ बढी कठिन परिस्थिति सिर्जना गरेको छ।
जनस्तरमा चेतना बढ्दै गएको भए पनि अझै परम्परागत सोच, असमान व्यवहार र सामाजिक दबाबकै कारण महिलाहरू खुला रूपमा आफ्नो अधिकार प्रयोग गर्न सकिरहेका छैनन्।
विशेषज्ञहरूको दृष्टिकोण
समाजशास्त्रीहरूका अनुसार, महिलालाई स्वतन्त्रता नदिनु केवल व्यक्तिगत समस्या होइन, यो सम्पूर्ण समाजको प्रगतिको लागि बाधक हो।
“जबसम्म महिलाले स्वतन्त्रता र समान अधिकार पाउँदैनन्, तबसम्म लोकतन्त्रले पनि पूर्णता पाउँदैन। पत्रकारिता जस्तो पेशामा महिलालाई रोक्नु लोकतन्त्रको आत्मामाथि आघात हो,” महिला अधिकार अभियानकर्मीहरूले बताएका छन्।
अमृताको संकल्प
विभिन्न दबाब र अपमानका बाबजुद अमृताले आफ्नो कलम रोकेकी छैनन्।
“सत्य, न्याय र समानताको पक्षमा कलम चलाउन छाड्दिनँ। समाजले विभेद गरे पनि म पत्रकार भएर आवाज उठाइरहन्छु,” उनले








