२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

गरुडा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते । 

राैतहटकाे गरुडा नगरपालिकामा हालै नियुक्त प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेलाई आज एक विशेष कार्यक्रमबीच नगर प्रमुख कन्थमणी प्रसाद जयसवालज्यूले स्वागत गर्नुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उप–मेयर पुनम कुमारी चौधरीको उपस्थिति रही, साथै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक राजन कार्की, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, सम्पूर्ण कार्यालयका कर्मचारीहरू तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा नगर प्रमुख जयसवालले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई स्वागत गर्दै समन्वयात्मक रूपमा नगरको समुन्नत विकासमा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

 

नव नियुक्त अधिकृत न्यौपानेले विश्वासका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सबै पक्षसँग सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।