२०८२ मंसिर १
२०८२ मंसिर १

कोलकातालाई हराउँदै शीर्ष स्थानमा पुग्यो चेन्नाई

एजेन्सी : चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राईडर्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। आइपिएलको आइतबारको खेलमा चार पटकको विजेता चेन्नाई शीर्ष स्थानमा उक्लिएको हो।

कोलकाताको घरेलु मैदान ईडन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकत्तालाई ४९ रनले हरायो।

चेन्नाईले २ सय ३६ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो।

कोलकाताका लागि जेसन रोय र रिंकु सिंहले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

रोयले २६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले। सिंहले ३३ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ५३ रन बनाए।

कप्तान नितिश राणाले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए। वेंकटेस अय्यरले २० बलमा २० रन बनाए।

चेन्नाईका लागि महेश थिक्सना र तुषार देशपान्डेले समान २/२ तथा मधिसा पथिराना,रवीन्द्र जडेजा ,मोईन अलि र आकाश सिंहले समान १/१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो।

चेन्नाईका लागि ओपनर डेभोन कन्वे,अजिक्या रहाणे र शिभम दुवेले अर्धशतकीय ईनिङ खेलेका थिए।

कन्वेले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए।

ऋतुराज गायकवाडले २० बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए। अजिक्या रहाणेले २९ बलमा ६ चौका र ५ छक्का सहयोगमा अविजित ७१ रन बनाए।

दुवेले २१ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए। रवीन्द्र जडेजा ८ बलमा १८ रन बनाएर आउट भए।

कोलकाताका लागि कुलवन्त खेजरोलीया २ तथा वरुण चक्रवर्ती र सुयश शर्माले समान १/१ विकेट लिए।

चेन्नाईको यो लगातार तेस्रो जित हो। सातौँ खेलमा पाँच जित र दुई हारका साथ चेन्नाई १० टोली सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सात खेलमा पाँच हार र दुई जितका साथ कोलकाता आठौँ स्थानमा छ। कोलकाताको यो चौथो हार हो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।