काठमाण्डौ, भदौ ३ गते।
गौर घटनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतको परमादेश विरुद्ध विरोध प्रदर्शनका क्रममा १८ जना नेता पक्राउ परेका छन् ।
मंगलबार आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले पार्टीका प्रवक्ता मनिस सुमन सहितका नेतालाई पक्राउ गरेका हुन् । माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट पक्राउ परेका नेताहरूमा केन्द्रीय सदस्य हंसा कुमारी साह, सशी मिया, दिनेश कुमार यादव, मा. अम्बिका काफ्ले, माननीय किरण साह, भोगेन्द्र यादव,विकी यादव, बबी सिंह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवा महासचिव दिलीप पटेल र युवा नेता मनीष यादव ओम, बलिराम कापरीलगायतका छन्।
यसैबीच शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी भइरहेका नेताहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दै गिरफ्तार गरेको कार्यप्रति जसपा नेपाल मधेश प्रदेश समितिले मङ्गलवार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाइको माग गरेका छन् ।।
प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतालाई कुचल्दै सरकारले दमनकारी शैली अख्तियार गरेको छ। यस्तो प्रवृत्तिले लोकतन्त्र र राजनीतिक सहिष्णुतामाथि प्रहार हुन्छ।
यसैबीच शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी भइरहेका नेताहरूमाथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दै गिरफ्तार गरेको कार्यप्रति जसपा नेपाल मधेश प्रदेश समितिले मङ्गलवार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाइको माग गरेका छन् ।
समितिका अध्यक्ष बालकिशोर प्रसाद यादवले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गर्दै, आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ । सर्वोच्च अदालतको परमादेशविरुद्ध आयोजित शान्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलनलाई सरकारले बल प्रयोग गरी दमन गर्न खोज्नु अलोकतान्त्रिक र निन्दनीय कार्य भएको जसपाको ठहर छ । सभार मधेसलाईभ








