२०८३ जेष्ठ २९
२०८३ जेष्ठ २९

कर्णाटकमा कांग्रेसको बिशाल अग्रता, बिजेपीका मुख्यमन्त्रीले हार स्विकार्दै भने, ‘अब लोकसभावाट फर्कनेछाै’

 

बैंग्लोर, ३० बैशाख ।

कर्णाटक बिद्यानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले अग्रता लिईरहेको छ ।

 

आज देखी सुरु भएको मतगणनामा कांग्रेस १३७ स्थानमा अगाडी रहेको छ भने जबकी सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ६७ स्थानमा मात्रै अग्रता लिन सफल भएको छ । मतगणना जारी छ ।

आज सार्वजनिक गरेको मतगणनाको स्थीति हेर्दा राज्यमा आफ्नै बलमा सरकार बनाउन कांग्रेसले बहुमत पु¥याउन सक्ने देखिएको छ । जबकी सरकार बनाउन १ सय १३ मत भए मात्र पुग्दछ । तर, अहिलेको मतपरिणामको रुझान हेर्दा कांग्रेसलाई आवाश्यक्ता भन्दा बढी मत प्राप्त भईसकेको छ ।

 

यो प्रारम्भिक नतिजासँगै भाजपा नेता तथा कर्णाटक राज्यका मुख्यमन्त्री बसवराज बोम्मईले पनि आफनो पराजय स्वीकार गरेका छन् । सो पराजय स्वीकार गर्दै कर्नाटकका मुख्यमन्त्री बोम्मईले भने, ‘हामी गन्तव्यमा पुग्न सकेनौ ।’

 

उनले अगाडी भने, ‘सबै नतिजा आएपछि हामी विस्तृत विश्लेषण गर्नेछौं र एक राष्ट्रिय राजनीतिक दलको रूपमा, हामी विभिन्न तहमा हाम्रा कमजोरीहरू खोज्नेछौं र तिनीहरूलाई सुधार गर्नेछौं र संगठनलाई पुनर्गठन गर्नेछौं  । र,लोकसभा चुनाववाट फर्कनेछौं।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।