२०८३ भाद्र २३
२०८३ भाद्र २३

कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले नुवाकोट पुगेर बाड्यो २० लाख बराबरको राहत

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले भोटेकोशी बाढीबाट पिडित परिवारलाई धादिङ र नुवाकोट पुगेर राहत वितरण गरेको छ ।

कपिलवस्तुमा संकलन गरिएको राहत विदुर, तुप्चे, भैरुम माविमा रहेको होल्डिङ सेन्टरसहित आसपासमा रहेका पिडितलाई वितरण गरेको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी दिएका छन् ।

राहत सामग्रीमा चामल, बेडसहित दैनिक उपभोग्य अत्यावश्यक सामाग्री वितरण गरेको गिरीले बताए ।  कपिलवस्तुका स्थानीय व्यापारी र सहयोगी मनहरुले दिएको सहयोग आफुहरुले पिडितसमक्ष पुर्याएको उनले बताए । उनले आफुहरुले करिब २० लाख बराबरको राहत वितरण गरेको जानकारी दिएका छन् ।

ग्यालेक्सी युथ क्लबले कपिलवस्तु जिल्लामा विभिन्न अभियान संचालन गर्दै सामाजिक कार्य गर्दै आएको छ । क्लबले सरसफाई अभियान ‘सफा कपिलवस्तु अभियान’, ‘सपना बोक्ने झोला’ अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।