२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

कटहरिया बजारमा जसपा नेपालको विरोध प्रदर्शन,भूमि विधेयक खारेजको माग

आरके श्रीवास्तव,राैतहट,भदौ १८ गते । 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) रौतहट जिल्ला समितिको आयोजनामा आज कटहरिया नगरपालिकाको कटहरिया बजारमा एक विशाल विरोध प्रदर्शन सम्पन्न भयो । पार्टीका जिल्ला अध्यक्ष राजिव रञ्जन यादवको अध्यक्षतामा सम्पन्न उक्त प्रदर्शन भूमि विधेयक र गौर राइस मिल घटनाको विरोधस्वरूप आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले भूमि विधेयक तत्काल खारेज गर्नुपर्ने मागसहित जोरदार नाराबाजी गर्दै नगरभरि परिक्रमा गरेका थिए । प्रदर्शनलाई एक विशाल र सशक्त रुपमा अघि बढाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले भूमि विधेयक गैरसुकुम्बासीलाई हाबी गराउन ल्याइएको आरोप लगाउँदै भने, “यो विधेयक जसपा नेपालले कुनै पनि हालतमा स्वीकार गर्न सक्दैन।”

कार्यक्रमका अन्य वक्ताहरू पूर्व अध्यक्ष श्यामबिहारी यादव, राजकुमार दास, अनिल यादव, पुनित राम, ईश्वरीप्रसाद यादव लगायतले पनि आफ्नो धारणा व्यक्त गर्दै भूमि विधेयकको कडा विरोध जनाए ।

कार्यक्रमको स्वागत मन्तव्य युवा नेता पुणप्रताप पटेलले दिएका थिए भने कार्यक्रमको सञ्चालन जसपा नेपालका युवा नेता राजाबाबु साहले गरेका थिए ।

प्रदर्शनमा जसपा नेपालका केन्द्रीय सदस्य तथा गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीसहित विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राजिव रञ्जन यादवले भदौ ०९ गतेदेखि मधेस प्रदेशभरि निरन्तर विरोध प्रदर्शन भइरहेको जानकारी दिँदै भने, “१९ वर्षपछि अदालतको परमादेशपछि जसपा नेपाल मात्र होइन, अन्य दलका नेताहरू पनि आन्दोलनमा सक्रिय छन्।”

उनले गौर घटनाका प्रमुख योजनाकारको नाम तत्कालीन लाल आयोग र खिलराज रेग्मी नेतृत्वमा गठित छानबिन आयोगको प्रतिवेदनमा उल्लेख भएको भन्दै ती प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् ।

जसपा नेपालको यो विरोध कार्यक्रमले रौतहटमा नयाँ राजनीतिक बहसको सुरुवात गराएको छ । पार्टीले आन्दोलनलाई अझ व्यापक बनाउँदै लैजाने जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।