२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

कटहरियामा हुने जसपा नेपालकाे जन-जागरण कार्यक्रमको तयारीबारे छलफल

बज्जिकाञ्चल संवाददाता,राैतहट,भदौ १७ गते ।
गौर राजनैतिक घटना र प्रस्तावित भूमि विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालद्वारा २०८२ भदौ १८ गते (बुधबार) रौतहटको कटहरिया बजारस्थित बिवाह भवनमा एक विरोध तथा जन-जागरण कार्यक्रम आयोजना गरिने भएको छ ।

कार्यक्रम दिउँसो २:०० बजे सुरु हुने तय भएको छ । जसपा, नेपाल रौतहटका कार्यालय सचिव दिनेश कुमार यादवले एक विज्ञप्तिमार्फत कार्यक्रममा सहभागी भइ सशक्त उपस्थिति जनाउन सबैलाई हार्दिक अनुरोध गरेका छन् ।

यसै सन्दर्भमा, भोलि हुने विरोध कार्यक्रमको विशेष तयारी सम्बन्धी छलफल सम्पन्न भएको जानकारी पनि प्राप्त भएको छ । छलफलमा कार्यक्रमलाई सफल बनाउन आवश्यक व्यवस्थापन, जनसहभागिता, सुरक्षा व्यवस्था लगायतका विषयमा विस्तृत योजना बनाइएको छ ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गाेबिन्द चाैधरी,केन्द्रीय सदस्य एवम् गुजरा नगरपालिकाका मेयर सन्तलाल चाैधरी,यूवा नेता श्रीकान्त यादव लगायतका नेताहरूकाे उपस्थिति रहेको थियो ।

जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले उक्त कार्यक्रम गौर घटनामा न्यायको माग र भूमि विधेयकको विरोध स्वरूप आयोजित गरिएको जनाउँदै, कार्यक्रमले मधेशको आवाज बुलन्द पार्ने विश्वास व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।