२०८२ फाल्गुन २२
२०८२ फाल्गुन २२

कटहरियाका नगर प्रमुख जयसवाल द्धारा बिधालय भवनको शिलान्यास

 

मँजय राम,कटहरिया, जेठ ०१ गते ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा सोमबार बिधालय भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ हथियाहीमा रहेको श्री अधारभुत विद्यालयमा दुई कोठे भवन निर्माणको लागी शिलान्यास गरिएको हो ।

कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुन लागेकोे बिधालयका प्रधानाध्यापक चुनचुन प्रसाद यादवले जानकारी गराउनु भयो । भवन निर्माणको लागि १८ लाख बजेट रहेको उनले बताए ।

शिलान्यास पछि छिट्टै भवन निर्माणको काम अगाडी बढाइने प्रधानाध्यापक यादवले बताए । मेयर जयसवालले निर्वाचित भए देखिनै आफनो नगर भरि रहेको विद्यालयहरुमा पठन पाठनको ब्यवस्थापन गर्दै आईरह्नु भएको छ भने शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरह्नु भएको छ ।शिलान्यास कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष मनोज यादव, वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह लगायत स्थानीय भद्रभलादमी,शिक्षा प्रेमी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।