२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

कटहरियाका करार र ज्यालादारी कर्मचारीद्वारा तलब बक्यौता भुक्तानीको माग

आरके श्रीवास्तव,राैतहट,असाेज २१ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएको भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

 

नगरपालिकाको वडा नं. १ देखि ९ सम्म कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बक्यौता तलब तथा सेवा सुविधा तुरुन्त भुक्तानी गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार कर्मचारीहरूले पटक–पटक मौखिक रूपमा तलब भुक्तानीको माग गरे तापनि नगरपालिकाले आश्वासन मात्र दिँदै आएको र समस्याको समाधान नभएको गुनासो गरेका छन् ।

 

उनीहरूले मिति २०८२ असोज २० गते बसेको बैठकको निर्णय पनि पेश गर्दै अब आफूहरू बाध्य भएर आन्दोलनमा जानु परेको बताएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत शान्तिपूर्ण धारणा र वडा तथा नगरपालिका कार्यालय बन्द गरिने उल्लेख गरिएको छ ।

 

यसैबीच, कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवले कार्यालय प्रमुख गणेश नेपाली विदामा रहेकोले आगामी आइतबार कार्यालय खुलेपछि यस विषयमा निर्णय लिने प्रतिक्रिया दिएका छन् । यादवले आफू तलब भुक्तानीको पक्षमा रहेको स्पष्ट पार्दै, करार तथा ज्यालादारी कर्मचारीहरूको समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

 

ज्ञापनपत्र बुझाउनेहरूमा करार कर्मचारी मुकेश कुशवाहा,मुकुन्द यादव सहित तीन दर्जनभन्दा बढी कर्मचारीहरू सहभागी थिए ।

 

तलब भत्ता बक्यौताको विषयले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको ध्यान खिच्ने अपेक्षा गरिएको छ । यदि शीघ्र समाधान नभए थप आन्दोलन चर्किने संकेत कर्मचारीहरूले दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।