२०८३ बैशाख १
२०८३ बैशाख १

आज विश्व औ‌‌लो दिवस: विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, १२ वैशाख । आज विश्व मलेरिया दिवस  ।

 

“शून्य मलेरिया प्रदान गर्ने समय: लगानी, आविष्कार, कार्यान्वयन” भन्ने नाराका साथ विश्वभरी मनाईदैछ ।

 

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औंलो) दिवस मनाइदै छ।

नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारि फैलाउने गर्दछन्।

 

यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरुप घट्न भने सकेको छैन ।

 

यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएकाे छ ।

 

हरेक डिसेम्बरमा  मलेरिया पीडितहरुको बारेमा रिर्पोट सार्वजनिक गरिदैँ आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो भने । २०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएकाा थिए  । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया (औंलोंं) भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 

डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया संक्रमित भेटिएका थिए । डब्लुएचओका अनुसार ९५  प्रतिशत मलेरिया संक्रमितहरु अफ्रिकामा भेटिएका हुन । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए, मलेरियावाट मृत्यु हुनेमा धेरै जसो अर्थात ८० प्रतिशत संक्रमित ५ बर्ष मुनिका बालबालिका थिए ।
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।