२०८२ कार्तिक २७
२०८२ कार्तिक २७

आजपामा प्रवेश गरे सुभाष साह

काठमाडौं, ७ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परित्याग गर्दै सुभाष साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा एक कार्यक्रमका बीचमा साहले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबिर, माला लगाएर साहलाई पार्टीमा स्वागत गरेका छन् । विद्यार्थीकालदेखी नै कम्युनिष्ट आन्दोलनमा लागेका साह अखिल, युवा संघ, प्रेस चौतरी, समाजवादी प्रेस संगठन सहितका संगठनमा बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् ।

एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएपछि एकीकृत समाजवादीमा लागेका साह प्रेस संगठन नेपालको केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको जिम्मेवारीबाट यस अघि नै राजीनामा दिएका थिए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य साह महासंघको पछिल्लो निर्वाचनमा केन्द्रीय उपाध्यक्षका प्रत्यासी थिए ।

दुई दशकभन्दा बढी समयदेखी सक्रिय पत्रकारितामा लागेका साह आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधि, बिधान, नीति र जुन उदेश्यका लागि एमाले विभाजन गरेका थिए उनले सोही अनुसार काम नगरेको आरोप साहले लगाए । संगठनमा छलफल गर्ने, निर्णय गर्ने र निर्णय भएका एजेण्डालाई कार्यान्वयन गर्नुको साटो त्यसलाई लत्याउने काम गरिएपछि सो पार्टी उनले परित्याग गरेको जनाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।