२०८३ बैशाख १३
२०८३ बैशाख १३

आइपिएल खेलका क्रममा घाइते भएका एन्गिडीको अवस्था स्थिर, छिट्टै डिस्चार्ज हुने

काठमाडौँ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एन्गिडी पञ्जाब किंग्सविरुद्धको खेलका क्रममा टाउकोमा चोट लागेपछि एम्बुलेन्समार्फत अस्पताल लगिएको छ ।

शनिबार अरुण जेटली रंगशालामा भएको खेलमा पञ्जाबका ओपनर प्रियान्श आर्याको क्याच लिन प्रयास गर्दा एन्गिडी लडेर टाउको भुइँमा जोडले ठोक्किएको थियो र उनले क्याच पनि छुटाएका थिए ।

घटनालगत्तै उनले टाउकोको पछाडिको भाग समातेर पीडामा देखिएका थिए र मैदानमै लडेका थिए । त्यसपछि खेल केही समय रोकिएको थियो । फिजियो र चिकित्सकको टोली मैदानमा पुगेर उनको उपचार गरेको थियो । पछि घाँटी र टाउकोलाई विशेष सहारासहित स्ट्रेचरमा राखेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो ।  एन्गिडीलाई कोटला मैदानबाट राजेन्द्र नगरस्थित म्याक्स अस्पतालसम्म  हरित करिडोर सिर्जना गरेर ११ मिनेटमै पुर्याइएको थियो ।

घटनाको करिब एक घण्टापछि दिल्ली क्यापिटल्सले एन्गिडीको अवस्था स्थिर रहेको र छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने जनाएको छ ।

उनको स्थानमा दिल्लीले कन्कसन विकल्पका रूपमा लेग स्पिनर विप्रज निगमलाई टोलीमा समावेश गरेको थियो । चोट तेस्रो ओभरमै लागेकाले एन्गिडीले बलिङ गर्न पाएका थिएनन्, त्यसैले निगमले पूरा चार ओभर बलिङ गर्न पाउने भएका थिए ।

पहिले ब्याटिङ गरेको दिल्लीले केएल राहुलको अविजित १५२ रनको मद्दतमा २६४ रन बनाएको थियो। तर पञ्जाबले ७ बल बाँकी रहँदै लक्ष्य पूरा गर्दै इन्डियन प्रिमियर लिग इतिहासकै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमान बनायो । एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।