शिवनाथ कुशवाहा, श्रावण १६ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत कहरिया क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै स्थानीय उपभोक्ताले गुनासो गरेका छन्।
स्थानीयका अनुसार ग्यास समयमै उपलब्ध नहुँदा दैनिक खाना पकाउन समस्या भएको छ। ग्यास खोज्दै विभिन्न डिलर र पसल धाउनुपरेको तथा कतिपय उपभोक्ता खाली सिलिन्डर बोकेर फर्किन बाध्य भएका छन्। सर्वसाधारणले सम्बन्धित निकायलाई आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेका छन्।
नेपाल आयल निगमले भने हाल देशभर ग्यास आपूर्ति सामान्य अवस्थामा ल्याइएको र पूर्ण १४.२ केजीका सिलिन्डर वितरण भइरहेको जनाएको छ।
स्थानीय बासिन्दाले कटहरिया क्षेत्रमा देखिएको ग्यास अभाव तत्काल समाधान गरी नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।







