आरके श्रीवास्तव,रौतहट,२६ गते असोज ।
राष्ट्रिय दलित पत्रकार संघ रौतहटको शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली,छठ तथा तिहारको पावन अवसरमा सो कार्यक्रम आयोजन गरिएको हो ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली,छठ तथा तिहारको पावन अवसरमा सो कार्यक्रम आयोजन गरिएको हो ।संघका जिल्ला अध्यक्ष राजेश पासवान निर्माणीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा मुस्लिम इतिहाद संगठनका मधेश प्रदेश अध्यक्ष सलामोदिन दर्जी रहनु भएको थियो ।
लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो अवाज भन्ने मूल नाराका साथ गठन भएको संघे पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।
लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो अवाज भन्ने मूल नाराका साथ गठन भएको संघे पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।
विभिन्न समयमा बैठक देखि लिएर शुभकामना आदानप्रदान लगायताका कार्यक्रमहरु गर्दै आएको छ । पासवानको अध्यक्षतामा गठित हलको कार्यसमितिले कामलाइ तिव्रता दिएको छ ।
नेकपा एकिकृत समाजवादीका यूवा नेता एवम् कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका दर्जीले पत्रकारहरुलाइ निडर,निर्भिक भएर कलम चलाउन आग्रह गरेका छन् ।

पत्रकारहरुलाइ आफनो कलम बन्द नगरी न्यायको साथमा लेख्न र अन्यायको खिलाफमा लेख्न अनुुरोध गरे । आफनो कर्तव्य निर्वाह गर्ने क्रममा विभिन्न बाधा अवरोधहरु आउन सक्छ । त्यसबाट एक इन्च पछाडी नहटन सुझाव दिएका छन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी बज्जिकाञ्चल दैनिकका सञ्चालक आरके श्रीवास्तवले दलित पत्रकारहरु लाइ आफनो पत्रिकाले सदैव अवसर दिने गरेको र आउने दिन अझै अवसरहरु प्रदान गर्ने र दलितको मुद्धामा अझ सशक्त रुपमा कलम चलाउने प्रतिबद्धता जनाएका छन् । वर्तमान कार्यसमितिले देखाएको सक्रियताको सराहना समेत गरे ।

त्यसैगरी कार्यक्रमलाइ समापन गर्नु हुँदै संघका जिल्ला अध्यक्ष पासवानले यस्ता कार्यक्रमहरु मात्र शुभकामना आदनप्रदान गर्ने उदेश्यले आयोजन गरिएको होइन् ? मूलरुपमा समाजमा कसरी परिवर्तन ल्याउन सकिन्छ ?
त्यसमा आधारित रहेर कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरेका छन् । दलितमाथि भइरहेको अन्याय,अत्याचार र विभेद लगायका विषयमा आफूले कलम चलाउँदै र अवाज उठाउँदै आएको स्मरण गराउँदै उपस्थित दलित पत्रकारहरुलाइ ति पिडितहरुको पक्षमा खम्बाको रुपमा खडा रहन आग्रह गरे । साथै उनले आफू मर्यादामा रहेर पत्रकारिता गर्न पनि सुझाव दिए । जथाभावी रुपमा सामाजिक संजालमा नलेख्न आग्रह गरे । आफू आठ वर्ष पत्रकारिता छोडेर पुनः पत्रकारिता क्षेत्र सक्रिय रुपमा काम गरिरहेको र यसैको देन हो कि आज मलाइ लाखौं मान्छेहरुले चिनिरहेका छन् । त्यसैले पत्रकारितामा पनि भविष्य छ ।
यदि राम्रो सँग पत्रकारिता गर्नु भयो भने यसमा पनि धेरै अवसरहरु छन् । र ति अवसरहरु दिलाउन म भरपूर प्रयास गर्ने छु । कार्यक्रममा सञ्चालकको रुपमा पत्रकार द्घय प्रदिप दास र रमेश यादव रहेका थिए । कार्यक्रममा उपस्थित दलित पत्रकारहरु का साथै जेष्ठ नागरिकहरू र अतिथीहरु लाइ मधेशको शान गमछा ओढाएर सम्मान गरिएको हो ।