काठमाडौँ । बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ।
यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको थियो । अहिले यो चलचित्र दंगल पछि दोस्रो स्थानमा पुगेको छ, दंगलको कुल कमाइ २ हजार ७० करोड रहेको छ।
फिल्म व्यापारसम्बन्धी वेबसाइट सैकनिल्कका अनुसार रिलिजको ४५औँ दिनसम्म धुरन्धर २ ले भारतमा कुल नेट कमाइ ११३८.५४ करोड पुगेको छ । विदेशी बजारमा पनि चलचित्रले राम्रो कमाइ गरेको छ।
यसअघि ‘धुरन्धर’को पहिलो भागले पनि भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त चलचित्रले विश्वभर करिब १३०७ करोड भारु कमाएको थियो । एभरेष्ट न्यूज एजेन्सी







