२०८३ जेष्ठ २८
२०८३ जेष्ठ २८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्  ।

आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर अहिले पनि फिर्ता गरेको बताइएको छ ।

सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आइतबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशतको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ ।

बैठकका निर्णयहरु: 

१- मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नम्बर ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने । साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।

२- आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोट गर्ने विधि ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई पारित गर्दै उक्त रूपरेखालाई अक्षरशः र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गर्ने ।

३- पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्ने ।

४- पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पारित गर्ने ।

५- पार्टीको बागमती प्रदेश समितिको सिफारिस बमोजिम रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट समिति गठन गर्ने ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १६६ रनको लक्ष्य पछाएको कोलकोताले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा अंगक्रिस रघुबंशीले सर्बाधिक ५९ रन बनाएका थिए भने कप्तान आजिख्य रहानेले ४३, फिन एलेनले २९ र रिंकु सिंहले अविजित २२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले १९ ओभरमा अलआउट हुदै १६५ रन बनाएको थियो । सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ६१ रन बनाएका थिए भने इशान किशनले ४२ रन बनाएका थिएत्यस्तै कोलकोताका बलर वरुण चक्रवर्तीले ३ विकेट लिएका थिए भने सुनिल नारन र कार्तिक त्यागिले २-२ विकेट लिएका थिए ।

यो जितपछि कोलकोताको ९ खेलमा ७ अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने १० खेलमा १२ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बलिवुड फिल्म धुरन्धर- २ विश्वभर दोस्रो सबैभन्दा धेरै कमाइ गर्ने भारतीय चलचित्र बनेको छ । चलचित्रले हालसम्म विश्वभर १७८८.३२ करोड भारु आम्दानी गरेको छ।

यससँगै धुरन्धर २ ले बाहुबली २ लाई पछि पारेको छ, जसले १७८८.०६ करोड कमाएको थियो । अहिले यो चलचित्र दंगल पछि दोस्रो स्थानमा पुगेको छ, दंगलको कुल कमाइ २ हजार ७० करोड रहेको छ।

 

फिल्म व्यापारसम्बन्धी वेबसाइट सैकनिल्कका अनुसार रिलिजको ४५औँ दिनसम्म  धुरन्धर २ ले भारतमा कुल नेट कमाइ ११३८.५४ करोड पुगेको छ । विदेशी बजारमा पनि चलचित्रले राम्रो कमाइ गरेको  छ।

यसअघि ‘धुरन्धर’को पहिलो भागले पनि भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन गरेको थियो । उक्त चलचित्रले विश्वभर करिब १३०७ करोड भारु कमाएको थियो । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।