२०८३ भाद्र ७
२०८३ भाद्र ७

बलिउड अभिनेता अर्जुन रामपालले गरे प्रेमिका ग्याब्रिएलासँग विवाह

बज्जिकाञ्चल संवाददाता ०७ गते

काठमाडौँ । बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी ग्याब्रिएला डेमेट्रियाड्ससँग विवाह गरेका छन् । उनीहरूले शुक्रबार गोवामा कानुनी रूपमा विवाह दर्ता गराएका हुन् ।

उत्तरी गोवाको मापुसास्थित उपदर्ता कार्यालयमा पुगेर उनीहरूले विवाहको कानुनी प्रक्रिया पूरा गरेका थिए ।

स्थानीय कानुनअनुसार विवाह दर्ताका लागि पहिलो र दोस्रो हस्ताक्षरबीच १५ दिनको समय आवश्यक हुन्छ । तर, उक्त अवधि छुटाउन दुवैले स्थानीय अदालतका सहायक सरकारी वकिलबाट विशेष अनुमति लिएका थिए । उपदर्ता अधिकारी सूरज वर्नेकरका अनुसार विवाह गोवाको समान नागरिक संहिताअन्तर्गत दर्ता गरिएको हो ।

अर्जुन र ग्याब्रिएला सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए। अर्जुनले पूर्वपत्नी मेहर जेसियासँग सम्बन्धविच्छेद गरेपछि ग्याब्रिएलासँग उनको सम्बन्ध सुरु भएको थियो । विवाहअघि नै उनीहरूका दुई छोरा छन् । सन् २०१९ मा पहिलो छोरा एरिक र त्यसको चार वर्षपछि दोस्रो छोरा एरिभको जन्म भएको थियो । सन् २०२५ मा अर्जुनले ग्याब्रिएलासँग इन्गेजमेन्ट गरेको जानकारी दिएका थिए ।

यसअघि दुई सन्तान भइसके पनि विवाह नगर्नुको कारणबारे अर्जुनले आफूहरूबीचको सम्बन्धलाई कानुनी कागजभन्दा माथि राखेको बताएका थिए । उनका अनुसार आफूहरूबीच विवाहको भावनात्मक सम्बन्ध पहिल्यै स्थापित भइसकेको थियो ।

अर्जुन रामपालको पहिलो विवाह पूर्व सुपरमोडेल मेहर जेसियासँग सन् १९९८ मा भएको थियो । उनीहरूबाट दुई छोरी माहिका र मायरा छन् ।

करिब २० वर्ष सँगै रहेपछि उनीहरूले सन् २०१८ को मेमा अलग हुने घोषणा गरेका थिए । त्यसपछि सन् २०१९ को नोभेम्बरमा उनीहरूको कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।