काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
यसअघि बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित गरिएको थियो ।
सरकारले संसद अधिवेशन स्थगित गरेर विभिन्न कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि पुन: संसद अधिवेशन बोलाएको छ । एभरेष्ट न्यूज एजेन्सी







