२०८३ बैशाख २
२०८३ बैशाख २

केरलामा पाँच बर्षिया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ बर्षको जेल सजायँ

 

नयाँ दिल्ली, ५ बैशाख ।

पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफनै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ।

 

केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाँय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

 

विशेष अदालतले कैद बाहेक तीन÷तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

 

पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरुलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।