काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानभन्दा केेही उत्तरतर्फ रहेको जानकारी दिएको छ ।
हाल सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ, बाँकी भू-भागमा साधारणतया बादल लागेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केहि स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थान मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भाग, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी







