२०८३ असार ३२
२०८३ असार ३२

आज विश्व सर्प दिवस मनाइदै: संरक्षण र जनचेतनामा जोड

काठमाडौँ । आज विश्व सर्प दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई १६ मा मनाइने यस दिवसको उद्देश्य सर्पको संरक्षण, वातावरणीय सन्तुलनमा यसको भूमिकाबारे जनचेतना फैलाउनुका साथै सर्पदंशबाट बच्ने उपायबारे जानकारी गराउनु हो ।

विश्व सर्प दिवस सन् १९७० को दशकदेखि मनाउन थालिएको हो । विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । सर्पप्रतिको अनावश्यक डर र भ्रम हटाउँदै तिनको संरक्षणमा सबैको ध्यानाकर्षण गराउनु यस दिवसको मुख्य उद्देश्य हो । सर्पले मुसा तथा अन्य हानिकारक जीव खाएर कृषि उत्पादन र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

नेपालमा पनि विभिन्न प्रजातिका सर्प पाइन्छन् । तीमध्ये गोमन र करेतजस्ता केही सर्प अत्यन्त विषालु भए पनि अधिकांश सर्प विषरहित छन् । हरेक वर्ष नेपालमा हजारौँ मानिस सर्पदंशबाट प्रभावित हुने भएकाले जोखिम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

नेपालमा नाग पञ्चमीका अवसरमा सर्पको पूजा गर्ने सांस्कृतिक परम्परा पनि रहेको छ । विज्ञहरूले सर्पलाई अनावश्यक रूपमा मार्नेभन्दा सुरक्षित दूरी कायम गर्दै संरक्षण गर्न र सर्पले टोकेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन आग्रह गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।