२०८३ मंसिर १३
२०८३ मंसिर १३

सिन्धुलीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

आइतबार दिउँसो काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय चालक मातृका भट्टराई गम्भीर घाइते भएका छन्। उनकी श्रीमती प्रमिला भट्टराई, छोरा आयन्स भट्टराई र रेनुका सुवेदी भट्टराई मध्यम घाइते भएका छन्। त्यस्तै, १३ वर्षीय अतर्व भट्टराई सामान्य घाइते भएका छन् ।

प्रहरीले सबै घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।