२०८३ मंसिर १३
२०८३ मंसिर १३

अस्ट्रेलियालाई ७ रनले हराउँदै इंग्ल्यान्डले एक खेल अघिनै जित्यो टी–२० सिरिज

काठमाडौं । इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० सिरिज एक खेल बाँकी छँदै ३–१ ले जितेको छ । आइतबार सिड्नीमा भएको चौथो खेलमा अस्ट्रेलियालाई ७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पारेको हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । उसका साम करनले अविजित ५० रन बनाए । जेम्स कोल्सले ३३ रनको योगदान दिए ।

१८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान मिचेल मार्सले ५७ बलमा ११९ रनको आक्रामक इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

इंग्ल्यान्डका हेनरी क्रोम्बले ३ विकेट लिए भने आदिल रसिद र जेमी ओभरटनले पनि महत्त्वपूर्ण विकेट लिए । अन्तिम ओभरमा अस्ट्रेलियालाई १२ रन आवश्यक हुँदा क्रोम्बले मार्स र जोएल डेभिसलाई लगातार बलमा आउट गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।

यसअघि पहिलो खेल अस्ट्रेलियाले ३ विकेटले जितेको थियो भने दोस्रो र तेस्रो खेल इंग्ल्यान्डले क्रमशः ८ विकेट र ७ विकेटले जितेको थियो । अब पाँचौँ तथा अन्तिम खेल डिसेम्बर २ मा क्यानबेरामा हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।