२०८३ मंसिर १३
२०८३ मंसिर १३

जंगलसहिया साझेदारी वनको तेस्रो साधारण सभा सुरु, आइतबार निर्वाचनको संकेत

आरके श्रीवास्तव,राैतहट,१२ गते मंसिर ।
रौतहट । जंगलसहिया साझेदारी वन उपभोक्ता समूहको तेस्रो साधारण सभा रौतहटको पराेहा नगरपालिका वडा नम्बर ८ नरकटियास्थित ओम माध्यमिक विद्यालयमा सुरु भएको छ । शनिबार औपचारिक रूपमा उद्घाटन सत्र सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या प्रसाद यादव रहनुभएको थियो । सो अवसरमा प्रदेशको वन मन्त्रालयका सचिव राजिव झा तथा वन निर्देशनालय सुभाष दास लगायतका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै साझेदारीका पूर्व अध्यक्ष रामचन्द्र गिरी र रंगपुर साझेदारी वनका अशोक यादव,कटहरिया ०५ का वडन अध्यक्ष सर्फलाल गुप्ता लगायतका वक्ताहरूले वन जंगल संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै जंगल सहिया साझेदारी वनलाई कसरी थप व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । साथै सर्वसहमतीमा नयाँ कार्य समिति गठन गर्नुपर्ने जाेड दिएका थिए ।
साधारण सभामा नयाँ कार्यसमिति चयनको विषयलाई विशेष चासोका साथ हेरिएको छ । तीन वर्षअघि नै नयाँ समिति गठन हुनुपर्नेमा हालसम्म हुन नसकेकाले अब नयाँ नेतृत्व चयन हुने बताइएको छ । शनिबार साँझसम्म सर्वसम्मतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि आइतबार (आज) चुनावी प्रक्रियातर्फ जाने संकेत देखिएको हाे ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख मन्जुर अहमदले लामो समयदेखि रोकिएको कार्यसमिति चयन प्रक्रियालाई विधानसम्मत र पारदर्शी ढंगले टुंगोमा पुर्‍याउन कार्यालयले आवश्यक सहजीकरण गरिरहेको बताउनुभयो । कार्यक्रम अतिथिहरूलाई दाेसल्ला र गम्छा ओढाएर सम्मान पनि गरिएकाे थियो ।
उक्त कार्यक्रममा वनअन्तर्गतका ७२ क्षेत्रका प्रतिनिधि, उपभोक्ता समूहका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारण उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।