२०८३ मंसिर १३
२०८३ मंसिर १३

देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानमा सहभागी हुने पार्टी नेताहरुलाई दिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर पार्टीको हितविपरीत गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएका हुन् ।

उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि पार्टीको विधान र नीतिविपरीत काम नगर्न सचेत गराउदै पार्टीको हितविपरीत काम गर्नेहरू पार्टीमा नरहने उनको भनाइ थियो । उनले पार्टीको विधान अनुसार अगाडी बढ्न आफु बाध्य रहेको बताउदै देउवा समुहले गर्ने भनेको महाधिवेशन काँग्रेसको नभएको बताए । उनले अन्य दल वा समुहमा लाग्ने जनप्रतिनिधि र नेता कार्यक्रताले काँग्रेस छोड्नुपर्नेमा आफु स्पष्ट रहेको समेत उल्लेख गरेका थिए ।

थापाले सबै समूहलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रयास जारी राखेको उल्लेख गर्दै सरकारका गलत कामको भण्डाफोर गर्ने बताए । उनले सुकुम्बासी र बाढीपीडितका मुद्दासहित सरकारका कमजोरीविरुद्ध कांग्रेसले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिए ।

त्यस्तै, सार्वजनिक ओहोदामा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार रहेको पनि उनले बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।