२०८३ श्रावण २६
२०८३ श्रावण २६

काठमाडौँ ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गरेका छन् । दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।न्युज कारखाना

बुटवल ।

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिईएको छैन ।

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।

न्युज कारखाना

काठमाडौँ ।

नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १७७ रनको लक्ष्य दिएको छ ।

फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २७६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।न्युज कारखाना

काठमाडौँ ।

गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर अगाडी बढेपछि अब कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

अधिकारीले आजै ३: ३० बजे तीन सदस्यीय मन्त्रिपरिषद बनाएर शपथको तयारी गरेका छन् । न्युज कारखाना

काठमाडौँ ।

कप्तान रोहित पौडेलले गुजरातविरुद्ध अर्धशतक बनाएका छन् ।

फ्रेन्ड्स कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान रोहितले ३५ बलमा अर्धशतक बनाएका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा २ विकेट गुमाउदै १३१  रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबि छ ।

अख्तियारले भ्रष्ट्राचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्धा दायर गरेको जनाएको छ ।न्युज कारखाना

काठमाडौँ ।

नेदरल्यान्ड्समा जीवाश्म इन्धन अनुदानको विरोधमा भएको प्रदर्शनका क्रममा वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ । थनबर्गको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रमुख सडक अवरुद्ध भएपछि प्रहरीले कारबाही गरेको थियो ।

प्रहरीले प्रदर्शनका क्रममा चार सयभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो, जसमध्ये १२ जनालाई उक्साएको आरोपमा हिरासतमा राखिएको छ । यद्यपि, वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई पछि रिहा गरिएको थियो ।

थनबर्गलाई प्रदर्शनका क्रममा पहिलो पटक पक्राउ गरिएको केही समयपछि रिहा गरिएको थियो । पछि उनी फेरि आफ्ना सहकर्मीहरूसँग प्रदर्शनमा सामेल भएकी थिइन् । प्रदर्शनले रेलवे स्टेशन जाने अर्को सडक अवरुद्ध भएपछि प्रहरीले ग्रेटा थनबर्गलाई फेरि हिरासतमा लिएर प्रहरी चौकी लगेको थियो ।

जीवाश्म ईन्धन सब्सिडी सम्बन्धी छलफल अघि डच सरकारलाई दबाब दिने रणनीतिको रूपमा जुनमा वातावरणीय समूह विलुप्त विद्रोहद्वारा प्रदर्शनको आयोजना गरिएको थियो । सो क्रममा प्रहरीले आन्दोलनकारीलाई राजमार्गमा प्रवेश गर्न रोक्दै त्यसो गरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको थियो । न्युज कारखाना

काठमाडौँ ।

गण्डकीमा मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सभामुखको समर्थनसहित पेश गरेको दाबिलाई स्वीकार गर्दै प्रदेश प्रमुख भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए । यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।   न्युज कारखाना

पोखरा ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबिलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन् ।  यस अघि कोशी प्रदेस सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।
न्युज कारखाना

काठमाडौँ ।

आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक एक विकेट लिएका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।