२०८३ श्रावण ११
२०८३ श्रावण ११

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् ।

विहिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल भएको राजदुत सोंगले बताएका छन् ।न्युज कारखाना

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार शीतलनिवासमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् ।

बडाललाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेका थिए । शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो ।

यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए ।

बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए ।न्युज कारखाना

 

बारा- जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्।

अवैध सामान बरामद, राजश्व संकलन

गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ५७ करोड ४० लाख ३५ हजार छ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको एसपी खड्काले बताएका छन्।

उक्त भन्सार छलीका समान ओसार-पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको उनले बताए।

हुण्डी कारोबार

उक्त आर्थिक वर्षमा हुण्डी कारोबारका चार वटा मुद्दा दर्ता भएका छन्। यसमा ८ जनालाई पक्राउ गरिएको र ३८ लाख ९ हजार रुपैयाँ बरामद भएको खड्काले बताए।

मुद्दा दर्ता मानिस पक्राउ

त्यस्तै, गत आर्थिक वर्षमा एक हजार तीन सय २२ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएको छ भने एक हजार ३१ जना आरोपी पक्राउ परेका थिए।

त्यस्तै, एक हजार ९ सय ३६ उजुरीमा एक हजार ७ सय ५० मिलापत्र भएको र दुई हजार आठ सय ५९ ठाडो उजुरीमा दुई हजार पाँच सय ८४ वटा उजुरीको मिलापत्र भएको जानकारी खड्काले दिए।

लागुऔषध बरामद र कारबाही

सोही अवधिमा ९२ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये एक सय ३७ जना पक्राउ परेका थिए।

त्यस्तै, प्रहरी गस्ती टोलीले दुई हजार ५४ किलो लागुऔषध गाँजा, ४५ किलो २३ ग्राम चरेस र ५७०  ग्राम ब्राउन सुगर बरामद गरेको प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए।

फरार प्रतिवादी पक्राउ

त्यस्तै, जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका तीन सय १९ जना प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादीबाट ७९ वर्ष तीन महिना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार दुई सय ८८ रुपैयाँ जरिवाना असुल भएको छ।

अबैध हातहतियार बरामद

एक वर्षको अवधिमा बारा प्रहरीले अबैध हातहतियारतर्फ एक थान भरुवा बन्दुक, एक थान स्वचालित रिभल्वर, पाँच थान कटुवा पेस्तोल २० राउण्ड गोली प्रहरीले बरामद गरेको छ।

मोबाइल बरामद

विभिन्न स्थानबाट नागरिकका हराएका तथा चोरिएका ९६ थान मोबाईल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको छ।

ट्राफिक कारबाहीमा दुई करोड ९७ लाख असुल

वर्षभरिमा सवारी नियम विपरीत चलेका ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारबाही गरिएको छ।  कारबाहीबाट दुई करोड ९७ लाख ३१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको न्यौपानेले बताए।

अबैध मदिरा र भट्टी नष्ट

जिल्लाभरिमा अबैध रुपमा सञ्चालित एक सय ५२ रक्सी भट्टी नष्ट गरिएको छ। यस्तै, तयारी मदिरा ४९ हजार १४५ लिटर, कच्चापदार्थ ३ लाख २३ हजार ९५ लिटर नष्ट गरिएको छ।

रक्सी उत्पादनमा संलग्न १० जना मानिस पक्राउ परेका छन्। रक्सी उत्पादन गर्ने मेसिन ७४ थान, भाडावर्तन ४३४ र सात वटा सवारी साधन बरामद भएको छ।

मिटरब्याजमा कारबाही

बारामा गत आवमा अनुचित लेनदेन मिटरब्याजमा एक हजार ४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैयाँ नगद र ३० बिगाहा १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता तथा डिएसपी न्यौपानेले जानकारी दिए।

सोही अवधिमा प्रहरीले तीन हजार ८८ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरेकोमा एक लाख २२ हजार  १५७ जना मानिस लभान्वित भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।न्युज कारखाना

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित चार जना पक्राउ गरेको छ ।

जसमा दाङको घोराही उपमहानगरपालिका-१६ बर्धन्ने बस्ने  २३ वर्षीय बिक्रम घर्ती मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम, ट्रामाडोल १ हजार २५ पिस र नगद ६० हजार ५ सय रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ परस्पुर बस्ने २० वर्षीय तिलक नागलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-२१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा २६ किलो सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव र  मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने २८ वर्षीय अन्जन शाह रहेका छन् ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले बा. ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपक र कारमा सवार अन्जनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो ।

विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।

मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।

भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।न्युज कारखाना

सर्लाही । ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर  प्राप्त हुनासाथ प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।

ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे। ‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ । गौरवपूर्ण इतिहास छ । भविष्य राम्रो छ । त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्था बदल्नुपर्छ ।’

इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकांक्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताए ।न्युज कारखाना

काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ड्र सार्बजनिक भएको छ ।

उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।

नेपालको एपीएफ फुटबल क्लब समूह सी मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।

चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुने छन् ।न्युज कारखाना

काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।
न्युज कारखाना

काठमाडौं । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो ।

अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाई घरेलु काममा लगाई  चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको, युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।