२०८३ श्रावण ९
२०८३ श्रावण ९

तनहुँ ।

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

 

काठमाडौँ ।

कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठुलो रकम संकलन भएको छ ।

मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थ करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।

डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठुलो चन्दा संकलन भएको बताइएको छ ।

ह्यारिसको क्याम्पेनलाई साना दाताले ठुलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्टीका लागि २०२० को निर्वाचनपछि अहिलेसम्मकै सबैभन्दा ठुलो डोनेसन भएको उल्लेख गरेको छ ।

यसअघि बाइडेन राष्ट्रपतिको उम्मेदवार रहदा उठेको ९० मिलियन डलर डोनेसन रकम उनको उम्मेदवारी बारे अन्योलता बढेपछि सो रकम फ्रिज गरिएको थियो । न्युज कारखाना

काठमाडौँ ।

हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।

आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् ।

उनले ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटी डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’

उनले भनेका छन्- ‘धेरैलाई हाई ब्लड प्रेसरको कारण होकि भन्नेले चिन्तित तुल्याएछ । नाकभित्रको सानो नसा  फुटेको रहेछ र   त्यसलाई टाल्ने काम भईसकेको छ  र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।’ न्युज कारखाना

काठमाडौँ

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव बर्षामान पुनबीच भनाभन भएको छ ।

संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफुले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असतुन्ति व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गरेका  थिए । उनले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीले आफु विषय केन्दित नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडी आएका विषयमा आफुले जवाफ दिएको उनले बताए । उनले आफुले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको बताएका थिए ।   न्युज कारखाना

काठमाडौँ

निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेतको इन्ट्री भएको छ । यसअघि खगेन्द्र लामिछानेलाई भित्र्याएका खनालले निश्चललाई भित्र्याएका हुन् ।

आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्मका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्ध गरिने निर्देशक खनालले जानकारी दिए ।

यो फिल्मको स्क्रिप्ट उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बन्न लागेको ‘के घर के डेरा २’लाई काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । त्यतिबेला यो फिल्म ‘सेमी हिट’ भएको थियो । न्युज कारखाना

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् ।

उनले आइतबार संसदमा आफुले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफुले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महसुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफुले स्पष्ट रुपमा राखेको बताए । संसदमा आफुले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिएका छन् । न्युज कारखाना

काठमाडौं

वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । न्युज कारखाना

काठमाडौँ ।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको  चाहना र देशको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् ।

सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको `वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका छन् ।

`यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो ।  जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ´, उनले भने, `३ तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।´

संघ, प्रदेश र स्थानीय ३ तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिलअवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग संचालनको वातावरण बनाउने  र अर्थतन्त्रलाई  ठिक ठाउँमा ल्याउनु सरकारको प्राथमिकता रहेको बताए  ।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन  उदेश्य लेनै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो ।  नेता सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिवद्द  रहेको बताए । न्युज कारखाना

काठमाडौं । 

साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।

साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ ।

पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । तर यस पटक भने चार सोमबार रहेका छन् ।
विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

साउन सोमवार व्रत विधि

साउनको सोमवार दिनभर निराहार भएर व्रत बस्ने गरिन्छ । बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ । साथै, व्रत बस्नेले शिवको मन्त्र जप पनि गर्दछन् । साउनको सोमवार व्रत बस्नाले वर्षभरिको सोमवार व्रत बसेको पुण्य मिल्ने पुराणहरुमा उल्लेख छ ।

व्रत बसेकाले दिनको तेस्रो प्रहर सकेपछि अथवा साँझ शिवको आरति गरेपछि भोजन गर्ने परम्परा छ । यसरी साउनको पहिलोदेखि अन्तिम सोमवारसम्म व्रतको पालना गर्न सकिन्छ । साउनमा मात्र नभएर शिवसँग सम्बन्धित हरेक व्रत तीन प्रहर नै बस्ने गरिन्छ ।

साउनको सोमवार निषेधित कार्य :

साउनको सोमवार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ, गलत विचार र आचरणबाट टाढा रहनुपर्छ, ब्रह्मचर्यको पालना गर्नुपर्छ, साउनको सोमवार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ, ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन, साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीवहत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ, साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।

किन व्रत बसिन्छ ?

पौराणिक मान्यता अनुसार सोमवारको व्रत बस्नाले चन्द्र ग्रह सबल हुन्छ । चन्द्र सबल भएमा इच्छाइएका सम्पूर्ण शुभभाव पूरा हुन्छन् । यसबाट फोक्सो, दम र मानसिक रोगबाट मुक्ति मिल्छ । अविवाहित युवतीको लागि यो व्रत निकै लाभदायक हुन्छ । १६ वटा सोमवार शिवको व्रत बसेमा उत्तम वर प्राप्त हुने पुराणमा उल्लेख छ । जसले शुद्ध अन्तःकरणले शिवको उपासना गर्दछ, उसले शिवलोकमा शिवसायुज्य प्राप्त गर्दछ ।

शिवको नाममात्रले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता छ । भगवान् शिव भक्तसँग छिट्टै खुसी हुन्छन्, त्यसैले उनको नाम नै आशुतोष छ । उनको कृपा आशीर्वादले मानिसले जीवनमा सबै संकटबाट मुक्ति पाउँछ र जीवन आनन्दमय हुन्छ । न्युज कारखाना

काठमाडौँ ।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ परेकी छन् ।

अख्तियारको टोलीले उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।

औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।