आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक
प्रभु साह नेतृत्वकाे आम जनता पार्टीले धनुषाकी आरती साहको हत्या प्रकरणमा ऐक्यबद्धता जनाउने भएको छ । विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाईमा राजधानी काठमाडौंकाे माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति साे पार्टीले प्रारम्भिक समयदेखि नै सडकदेखि सदनसम्म नैतिक एवं भौतिक साथ-सहयोग र ऐक्यबद्धता रहदै आएको जनाएको छ । आउँदो कार्तिक २२ गते दिनको १:०० बजे आजपा पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको सहभागिता एवं नेतृत्वमा पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता कार्यक्रम र २३ गते दिनको ११:०० बजे मानव अधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

विज्ञप्तिमा भनिएको छ,’चाडपर्वहरुको समयमा पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौंको कठ्ठयाग्रींदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धारणामा रहेका पीडित परिवारमाथि यहीं असोज २४ गते करीब १०:०० बजे रात्रिको समयमा चार जनाको अज्ञात समुहले गरेको संघातिक हमला र त्यसको छानबीन गरी दोषी उपर कार्यवाहीको सट्टा पीडित परिवारलाई नै यहीं असोज २७ गते विहान ८:०० बजेतिर अभद्र गालीगलौज एवं लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ । ‘ तसर्थ, यी र यस्ता मानव अधिकार र कानुनी शासनको धज्जिया उडाउने हर्कतहरुप्रति आम जनता पार्टी कडा शब्दमा गम्भीर आपत्ति एवं घोर भर्तस्ना गर्दै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार सहित सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, न्याय प्राप्तिको यस संघर्षमा ऐक्यबद्धता प्रकट गर्दै थप बल पुर्याउन आ-आफ्नो स्थान र स्तरबाट सक्रिय साथ-सहयोग र सहभागिता जनाई योगदान पुर्याउन सम्पूर्ण न्यायप्रेमी आम जनसमुदाय, मानव अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत सबै सबै पेशाकर्मीमा हार्दिक अहान एवं अनुरोध समेत गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१९ गते कार्तिक/
राैतहट जिल्लाकाे गुजरा नगरपालिकामा बालबालिकाहरकाे मुख्य सवाल बारे सराेकारवालाहरू सँग छलफल गरिएको छ । आईतवार गुजरा नगरपालिकाकाे सभा हलमा एक दिने छलफल कार्यक्रम गरिएको हाे ।

गुजरा नगरपालिकामा बाल श्रम न्यूनीकरण परियोजना अन्तर्गत साे कार्यक्रम गरिएको हाे । ग्रामीण विकास केन्द्र नेपाल(आरडिसि) नेपालकाे आयाेजना र किल्डर नट हिल्फकाे आर्थिक सहयोग र गुजरा नगरपालिकाकाे समन्वयमा बालबालिकाहरकाे मुख्य सवाल बारे छलफल गरिएको आरडिसि नेपालका शेख अर्सदले जानकारी गराए । कार्यक्रममा अर्सदले परियोजनाले गरेकाे कामहरू बारे विस्तृत रूपमा जानकारी गराईएकाे थियो ।
उनले नगरस्तरीय बाल अधिकार समिति पुनः गठन ,वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बताए । साथै युवा तथा सराेकारवालाहरूकाे सहभागी पनि गराईएकाे उनकाे भनाइ थियोे । धार्मिक अगुवा समिति सँग छलफल गरिएकाे बारे बताए । किण्डर नट हिल्फ संस्थाले बाल संरक्षण सम्बन्धि काम गर्दै आएको छ । पञ्च वर्षिय आयाेजना अन्तर्गत बालबालिकाहरूकाे समस्या न्यूनीकरण गर्ने उदेश्यले याे परियाेजना सञ्चालनमा छ । गुजरा नगरपालिकाका बालबालिकाहरूकाे समस्याकाे बारेमा छलफल गरिएको हाे ।

त्यसमा बाल विवाह,भागि विवाह,लागूऔषध दुर्व्यसन ,जंगल बाट दाउरा ल्याउन प्रयाेग गरियो,ईट्टा भठ्ठामा काम लगाइएको पाइयो,लागूपदार्थ सेवनमा लगायतकाे बारेमा चर्चा गरिएको थियोे । जाेखिममा परेकाे बालबालिकाहरू छन् भने आ-आफनाे नजिककाे वडा अध्यक्षलाई जानकारी गराउन आग्रह पनि गरिएको थियोे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष रामजित चाैधरीले धुम्रपान,मधपान बिक्री गर्नु हुँदैन । रक्सी बेचन कडाइ गर्दा, कटाक्ष र पीडा भाेग्नु परेकाे तितो सत्य सुनाए । राजनीति दलका नेता एक्सनमा आएन भने याे निर्मुल गर्न सकिदैन ।

तसर्थ राजनीति दलका नेताहरू लाई बाेलाएर अन्तरक्रिया गर्ने । गलत राजनीतिक साेच भएका व्यक्तिले बिगारेका छन् । याे निर्मुल पार्न सबैकाे सहयोग चाहिन्छ । यस्तै उप प्रमुख लामाले एकजनाले चाहेर पनि हुन नसक्ने भन्दै,यसमा सबैकाे सहयोग चाहिने कुरामा जाेड दिनु भयाे । साे अवसरमा गुजार नगरपालिकाकि उप प्रमुख रत्ना लामा, वडा नम्बर १ का वडा अध्यक्ष रामजित चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष अब्दुल सलाम,वडा नम्बर ७ का वडा अध्यक्ष शेख अब्दुलका,कार्यपालिका सदस्य ओमप्रकाश साह,गुजरा नपाका अधिकृत जित बहादुर चाैधरी, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक,कर्मचारीहरू लगायत स्थानीयहरू र सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।

पवन घिमिरे ,कार्तिक १९ गते ।
रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्षीक साधारण सभा सपन्न गरेको छ । शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृषी सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका थिय भने सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो । प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो साथै संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुदै भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो ।
उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई सफलता शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक बचतका नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो ।
संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको कारोबार गर्न संस्था सफल भएको छ ।
०८० कार्तिक , १९ आइतबार , पबन घिमिरे ।
शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृष्री सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका थिय भने सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो ।
प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो साथै संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए । उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुदै भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो ।
उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई सफलता शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक बचतका नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो । संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको कारोबार गर्न संस्था सफल भएको छ ।
मुकेश कुमार यादव,सिरहा, १९ कात्तिक ।
सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्।

बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए।

रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्ने ठानेर खोजी नगरेको बताइएको छ। केहीबेरमा कैँचीगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको कार्यरत एक शिक्षकले बताए।

घटना थाहा पाउन साथ प्रहरीलाई खबर गरेका थिए। प्रहरुले आफन्तलाई बोलएर शव मुचुल्का उठाउन भने पनि परिवारले घटना शंकास्पद रहेको भन्दै पासो काट्न दिएको छैनन्।
लमजुङ १९ कात्तिक ।
उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङकाे लाईफलाईनसंग जाेडिएकाे बेंसीसहर–चामे सडक कालाेपत्र गर्न सुरू गरिएकाे छ ।
बेसीसहर-चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मकाे खण्डमा कालाेपत्र सुरू भएकाे हाे । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका-९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिकाे अस्फाल्ट कालाेपत्र गर्न सुरू गरेकाे हाे । अस्फाल्ट प्रविधिकाे कालाेपत्र बलियो, महँगो र टिकाउ मानिन्छ ।
सडक निर्माण भएकाे २९ वर्षपछि कालाेपत्र हुँदा स्थानीय खुसी भएका छन् । स्थानीयले कालाेपत्र भएकाे फाेटाे सामाजिक सञ्जालमा राख्दै खुसी ब्यक्त गरेका छन् ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका अनुसार यसवर्ष बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासका अनुसार कालाेपत्रका आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।
कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसकेपछि पुन: एक वर्ष म्याद थप गरि काम अघि बढाईएकाे छ ।
यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०५१ मा ट्याक खन्न सुरू गरिएकाेमा पछि नेपाली सेनाकाे कार्यदल गणले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरी २०६९ मा हस्तान्तरण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ ।
अहिलेपनि कालाेपत्र संगै वाल कटिङ गर्ने, चौडाइ बढाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले बताए ।
राैतहट,कार्तिक १८ गते ।
जनता समाजवादी पार्टी नेपालको देवाही गोनाही नगरपालिकामा शुभकामना आदानप्रदान ,बृहत पार्टी प्रवेश तथा संगठन बिस्तार अभियान कार्यक्रम भव्य सभ्यरुपमा सम्पन्न भएको छ।

देवाही गोनाही नगरपालिका वर्डा नम्बर ८ देवाही बजारमा जसपा नेपाल रौतहट जिल्ला कार्यसमिति द्वारा आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भएको हो। जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति, रौतहट अध्यक्ष श्यामबिहारी राय यादवको अध्यक्षता तथा राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेश का मुख्यमंत्री सरोज यादव ,पूर्व मंत्री गोबिन्द चौधरी र अतिथि मधेश प्रदेश का पूर्व राज्यमंत्री योगेन्द्र यादव,पूर्व प्रदेश सांसद किशोरी यादव,प्रदेश सांसद शोभा साह ,गुजरा नगरपालिकाको नगरप्रमुख सन्तलाल चौधरी लगायत केन्द्र , प्रदेश,जिल्ला,तथा स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो

। जनता समाजवादी पार्टी नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले नेकपा एस देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी जुझारु युवा नेता धर्मेन्द्र पटेललाई टीका गमछा लगाई पार्टी प्रवेश गराएका छन् । साथै बौधिमाई नगरपालिका वर्डा नम्बर २ इनर्वाका बिरेन्द्र प्रसाद पटेल लगायत हजारौ को संख्या मा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।


काठमाडौं, १८ कार्तिक ।
भुकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतवाट ३९ जना, चौरजहारी बेस क्याम्पवाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरिक्षक को कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहयाक निरिक्षकको कमाण्डमा १० जना र इलका प्रहरी कार्यालय बादेपीपल सुर्खेतवाट प्रहरी सहायक निरक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।

काठमाडाैं, १८ कार्तिक ।
भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ ।
गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।
र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।
घाइतेहरूकाे स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडाैंमा गरी उपचार भइरहेकाे छ ।
साथै, साे भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइदैँछ ।
नेपाल प्रहरीका अनुसार साे भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हाे