२०८३ आश्विन २४
२०८३ आश्विन २४

आजको राशिफल बिस २०८३ जेठ १४ गते बिहिबार ईस २०२६ मे २८ नेपाल सम्बत ११४६ अनालाथ्व  द्धादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वरियान योग, बालब करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर  ९ मिनेट देखि ६ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज मुस्लिम समुदायको बकर ईद (ईद-उल-अधा) पर्व परेको छ ।

मेष राशि

आजको दिन कामकाजमा सकारात्मक परिवर्तन ल्याउने खालको रहनेछ। रोकिएका योजना अघि बढ्न सक्छन् र नयाँ अवसरहरू पनि प्राप्त हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत र निर्णय क्षमताको प्रशंसा हुन सक्छ। आर्थिक रूपमा सामान्य सुधार भए पनि खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ र घरमा रमाइलो वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्यतर्फ थकान र तनाव बढ्न सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति हुने संकेत छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुन सक्छ वा रोकिएको रकम फिर्ता आउने सम्भावना देखिन्छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा लापरवाही नगर्नु राम्रो हुनेछ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा अधुरा काम पूरा गर्न उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारसँग समय बिताउँदा राहत महसुस हुनेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। दिनको अन्त्यतिर मन हलुका बन्ने संकेत देखिन्छ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढाउन सक्छ।

कन्या राशि

आज धैर्य र संयम आवश्यक पर्ने दिन हो। काममा केही ढिलाइ वा अवरोध आउन सक्छन्, तर निरन्तर प्रयासले समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यमा आरामको कमीले थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त विश्राम आवश्यक हुनेछ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र  तराई भू-भागमा मुख्यतया सफा रहनेछ।  कोशी र मधेश  प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको  हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपरान्ह पछि  हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ।  मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी  भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ १३ गते बुधबार ईस २०२६ मे २७ नेपाल सम्बत ११४६ अनालाथ्व एकादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल एकादशी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, व्यतीपात योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ८ बजेर ४४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा सुधार देखिनेछ। रोकिएका योजना अघि बढ्ने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतको प्रशंसा हुनेछ। आर्थिक रूपमा सामान्य सुधार भए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारमा सानो खुसी वा भेटघाटले वातावरण रमाइलो बन्न सक्छ। स्वास्थ्यतर्फ थकान वा मानसिक तनाव महसुस हुन सक्ने भएकाले आराम आवश्यक हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। काममा धैर्य राखे राम्रो नतिजा प्राप्त हुनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ वा रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारबाट सहयोग मिल्नेछ र आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ।

मिथुन राशि

आज आत्मविश्वास बढ्नेछ र नयाँ योजना अघि बढाउन अनुकूल समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ। यात्राको सम्भावना पनि देखिन्छ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च नियन्त्रण आवश्यक हुनेछ। परिवारसँग समय बिताउँदा राहत मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता देखिनेछ र प्रशंसा प्राप्त हुन सक्छ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ।

कन्या राशि

आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छन्, तर धैर्य राख्दा समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

तुला राशि

आजको दिन उत्साहजनक रहनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने समय हो।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्न सक्छ। काममा दबाब भए पनि मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत छ। स्वास्थ्यमा थकान वा तनाव महसुस हुन सक्छ।

धनु राशि

आज नयाँ अवसर र योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका काम अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनतले राम्रो परिणाम दिनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजनामा ध्यान केन्द्रित गर्न उपयुक्त समय हो।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मीको सहयोग मिल्नेछ। नयाँ अवसर आए पनि हतार नगर्नु राम्रो हुनेछ। परिवारसँग समझदारी आवश्यक हुनेछ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ। परिवारबाट साथ र हौसला मिल्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। अध्ययन, कला वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत छ।एभरेष्ट न्यूज एजेन्सी

जनकपुरधाम । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार विस्तार गर्दै १२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् ।

यसअघि सोमबार नै मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी भएपनि सत्ता गठबन्धन दलमा भागबण्डा नमिले पछि रोकिएको थियो ।

मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ र नेकपालाई थप एक अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपाले यसअघि नै तीन मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

त्यस्तै मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयका मन्त्री जंगीलाल राईलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र साहलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।एभरेष्टन्यूजएजेन्सी

मकवानपुर । आफ्नै श्रीमती ४२ वर्षीया ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका-३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामलाले कुटपिट गर्दा ओम कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी ओम कुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारमा सत्ता गठबन्धन दलहरुमा विवाद भएको छ ।

मन्त्रालय भागबण्डामा विवाद भएपछि सोमबार गरिने भनेको सरकार स्थगित भएको छ । सोमबार नेकपा एमालेका शारदा थापा, मनोज सिंह र लखन लाल दासले शपथ लिने तयार गरेको अवस्थामा सत्ता साझेदार दल नेकपाले असन्तुष्टि जनाएपछि सरकार विस्तार रोकिएको हो ।

नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयको अडान राखेको बताइएको छ भने भागबण्डामा नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने सहमति भएको बताइएको थियो । त्यस्तै एमालेले चार मन्त्रालय र कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालयको सहमति भएको थियो ।

मधेशमा यसअघि सत्ता साझेदार रहेका जनमत र जसपा नेपाललाई बाहिर राख्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत सोमबार नेकपा एमाले र नेकपाको समर्थनमा विश्वासको मत लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ ।

अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते चारवटा अलग-अलग मुद्दा दर्ता गरेको थियो । तीमध्ये दुईवटा लिखत सम्बन्धी कसुर, एउटा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा अर्को राहदानीसम्बन्धी कसुर रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

१२ जेठ, रौतहट । देशमा नयाँ सरकार गठन भएर सुशासन कायम हुने आश गरिए पनि रौतहटबाट तस्करीको जालो समाप्त हुन सकेको छैन ।

कागलाई बेल पाक्यो, हर्ष न विस्मात भने झै जुनसुकै सरकार आएपनि रौतहटको तस्करी नरोकिने भएको छ । अहिले रौतहट तस्करहरूका लागी सुरक्षित ट्रान्जिट प्वाइन्ट बनेको छ । जिल्लाको मुख्य नाका गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, रापपुर खाप सहितका सबै नाकाबाट अहिले खुलेआम तस्करी भइरहेको स्थानीयको गुनासो छ ।

हाल रौतहटमा खाद्यान्न, कपडा, मोटरपार्टस, भैंसी, कुखुरा, मदिरा, चिनी लगायतको तस्करी भइरहेको छ । सुरक्षाकर्मीकै मिलेमतोमा जिल्ला देखी प्रदेशका अधिकारीहरुले समेत तस्करहरु संग रकम बुझेर संगठित तस्करीको लाइन संचालनमा छुट दिएका छन । भारतसँग सिमा जोडिएका विभिन्न नाकाहरुबाट निस्केका विभिन्न सामानहरु गरुडा चन्द्रनिगाहपुर हुदै देशका विभिन्न भागमा सहजै पुगिरहेका छन ।

गौरस्थित मुख्य नाकाबाट “किरनिया” भनेर चिनिने एक महिलाले संगठित तस्करीको लाइन चलाइरहेकी छिन । भारत र नेपाल दुवैतर्फको नागरिकताधारी किरनियालाई सशस्त्र प्रहरीबलले सघाएको छ । गौरबाट रुपेश दास, अमरेन्द्र, राजेश पासवान, सदाम, निरज जयसवाल र राधेश्याम साह लगायतका तस्करहरुले अवैधरुपमा भारतबाट नेपाल सामान ओसारपसार गरिरहेका छन ।

गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका सुरक्षाकर्मीकै सेटिङ्गमा लक्ष्मीपुरबाट मदिरा, बंकुलबाट चिनी, केरा लगायतका अन्य सामग्री, रामपुरखापबाट कपडा, सुर्ति, कुखुरा, स्पेयर पार्टस लगायतका सामानको तस्करी भइरहेको छ । सुरक्षाकर्मी र तस्करको मिलेमतोका कारण राज्यले दैनिक लाखौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।

उता लक्ष्मीपुर–बेलबिछवा नाकाबाट रुपेश र सुरेश नाम गरेका व्यक्तिहरूले नेपाली मदिरा भारततर्फ पठाउने गरेका छन ।

यता बङ्कुल नाकामा पनि विजय कुशवाहा समूह सक्रिय रहेको बताइन्छ । पूर्व वडा अध्यक्षसमेत रहेका कुशवाहा त्यहाँका “मुख्य नाइके” का रूपमा चिनिने गरेका छन् । दैनिक रूपमा भारतबाट कुशवाहाले विभिन्न सामानहरु ओसारपसार गराइरहेका छन ।द नेपाली मेडिया

सर्लाही, १२ जेठ । सर्लाही प्रहरीले बरहथवा नगरपालिकाको लौकट टोलबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गर्न सफल भएको छ ।
बरहथवा नगरपालिका–१२ लौकट टोलमा अपरिचित व्यक्तिहरु भरुवा बन्दुक बोकेर हिडडुल गरिरहेको खवर प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र हिरापुरबाट खटिएका संयुक्त टोलीले वागमती नगरपालिका–२ सुकुमवासी टोलका ३८ बर्षीय बुद्धिमान घलानलाई भरुवा बन्दुक सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरीले घलानको खानतलासी गर्दा उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड, प्लाष्टिक तथा स्टिलको डब्बामा राखिएको कालो धुलो पदार्थ, साईकलमा प्रयोग हुने ८० थान फलामका बल तथा फलामको रडका टुक्राहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
बरामद गरिएका मध्ये एक डब्बामा ३५ ग्राम र अर्कोमा १४० ग्राम कालो पदार्थ रहेको बताउदै उनले घलान संगै रहेका अन्य तीन जना प्रहरीलाई देख्नासाथ फरार भएको हुँदा तिनीहरुको खोजी कार्य जारी रहेको बताए ।
पक्राउ परेका घलानविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्यादको अनुमति लिएर थप अनुसन्धान जारी रहेको डिएसपी राईले भने ।तराई टोप

रौतहट, १२ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा मदिरा सेवन गरी लठ भई मातिएका व्यक्तिले बाटो हिँडिरहेका अर्का युवकलाई धक्का दिँदा भूईमा लडेर मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । भूईमा लडेर अचेत भएका सुवेदीको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले मदिरा सेवन गरेका अवस्थामा सडकमा हिँडिरहेका अर्का युवक सुवेदीलाई धक्का दिएका थिए ।
घटनाका बेला मोक्तान र उनकी श्रीमतीबीच सडकमै विवाद भइरहेको बताइएको छ । सोही क्रममा त्यहाँबाट हिँडिरहेका सुवेदीलाई मोक्तानले एक्कासी धकेलेपछि उनी सडकमा लडेर गम्भीर घाइते भएका थिए ।
सडकमा लडेपछि सुवेदी अचेत अवस्थामा पुगेका थिए । घटनापछि स्थानीयवासी तथा आफन्तले तत्कालै सुवेदीलाई चन्द्रनिगाहपुर स्थित रिसरेखा अस्पतालमा उपचारका लागि पुर्याएका थिए । अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गर्न सुझाव दिए । तर आर्थिक अभावका कारण परिवारले उनलाई घरमै फर्काएको बताइएको छ ।
घर फर्काइएका सुवेदीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र गएराति करिब १२ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए । प्रहरीले आरोपित विमल मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।तराई टोप

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।