२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

झापा, २७ बैशाख ।

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ ।

 

झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।  झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

 

सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते हुन पुगेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन्। यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन्। दुवैतर्फको घाइतेको स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

 

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजे पछि स्थीति तनावग्रस्त बन्न पुगेको स्थानियले जनाएका छन् ।

 

काठमाडौं, २७ वैशाख ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।

 

अमेरिकी डलर बुधबार ३९ पैसाले बढेको हो । अघिल्लोदिन अर्थात मंगलबार डलरमा झिनो गिरावट आएको थियो । मंगलबार डलरको भाउ एक पैसाले घटेको थियो ।  बुधबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसामा कारोबार भएको छ । यसाअघि मंगलबार खरिदमूल्य १३० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १८ पैसा कायम गरिएको थियो ।

 

नेपाल राष्ट्र बैंकले बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४६ पैसाले घटेको हो । यसअघि मंगलबार युरोको खरिदमूल्य १४४ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।

 

त्यस्तै, बुधबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ ४ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३३ पैसा पाइन्छ।

 

यस्तै, राष्ट्र बैंकले कतारी रियाल बुधबार एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर बुधबार ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा तोकेको छ।

 

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।

 

 

बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ एक पैसा तोकिएको छ।

 

काठमाडौ, २७ वैशाख  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १६० रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २४ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

 

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ९० रुपैयाँ, न्यूरो ८० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।

 

ब्रोकाउली १५० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ५० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २४० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँमा पाइने समितिले जनाएको छ ।

 

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

 

अर्घाखाँची ।

भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ ।

 

मंगलवार दिउँसो भुमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो ।

 

सो आगलागीमा परी घाइते भएकालाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो ।

 

र, पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनैजनाको बाटोमै मृत्यु भएको छिमेकी विष्णु वेल्वासेले सञ्चारकर्मीलाई जानकारी दिए ।

 

उनका अनुसार सोही आगलागी  परेर घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
 

 

न्युयाेर्क, २७ बैशाख । 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलले ५ मिलियन डलर क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

 

सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपुर्ति दिन आदेश दिएको हो । यो एउटा सिभिल अदालतले गरेको फैसला हो ।

अलजजिराका अनुसार डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि उनलाई झूटो भन्दै बदनाम गरे । संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्व अमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हाे

बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झूट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ ।

यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो।

छ जना पुरुष र तीन महिलाको निर्णायक मङ्गलबार तीन घण्टाभन्दा कम छलफलपछि आफ्नो निर्णयमा पुगेको हो ।

 

‘आज, संसारलाई अन्ततः सत्य प्रमाणित हुन पुगेको छ,’ सुश्री क्यारोलले फैसला पछि लिखित बयानमा भनिन ‘यो जित मेरो लागि मात्र होइन, विश्वास नगरेको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो ।’

 

काठमाडौं, २७ बैशाख ।

रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्  ।

 

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र सिटी बराबरीमा रोकिएका हुन ।

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १–१ को बराबरीमा सकिन पुगेको थियो ।

पहिलो हाफको ३६ औं मिनेटमा रियलका लागि भिनिसियस जुनियर गोल गरेर खेललाई सुरुवाती अग्रता दिलाएका थिए । र, पहिलो हाफ १-०मा नै टुंगिन पुग्यो ।

तर, दोस्रो हाफको ६७ औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुएना गोल फर्काए पछि खेल १- १ को बराबरीमा रहन पुग्यो ।

 

दुवै पक्षले एक अर्काको गोल पोष्टमा निरन्तर प्रहार गरे पनि अन्ततः खेल बराबरीमा नै टुंगिन पुग्यो ।

 

काठमाडौं, २७ बैशाख ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

 

एउटा खेल त्रिपुरेस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को खेल एन्फा कम्पेल्क्समा हुनेछ ।

 

त्रिपुरेस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुुरु हुनेछ ।

 

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिडनेछन् ।

 

काठमाडौं, २७ बैशाख 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नागरिकको खबरदारी सभा हुने भएको छ ।

 

बृहत नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो । सो सभा अपरान्ह ३ बजेवाट सुरु हुनेछ ।

 

काठमाडौं, २७ बैशाख ।

आज प्रि बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् ।
गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेकाे निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
गत बैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।  गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।

 

काठमाडौं, २७ बैशाख ।

हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

 

राती भने  देशको पहाडी भू-भागका आंशिक  बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।