२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

काठमाडाैं, २८ वैशाख ।

झापा र बाँकेबाट लागुऔषधसहित पाँँचजना पक्राउ परेका छन् ।  झापाकाे मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका-५ नागी बस्ने २६ वर्षीय दिपक लोक्सम र भारत घर भएका २५ वर्षीय रन्जित वर्मन रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ६९०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकै दमक नगरपालिका-५ गणतन्त्र चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय सबिन सुनामलाई पनि प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय राज चौधरीसमेत दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.११ प ७०८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

 

काठमाडौं, २८ वैशाख ।

नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । ११औँ संस्करणको यो फेस्टिबल यही १ देखि ३ असारसम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सब कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।

महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सवबारे,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा रहेका जानकारी दिइन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर आफूहरुले विगत ११ वर्षदेखि  महोत्सव आयोजना गर्दै आएका बताएकी उनले नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताइन् ।

यो अन्तर्राष्ट्रिय फिल्म महोत्सवका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उनले बताइन् । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उनले जानकारी दिइन् ।

महोत्सवका लागि हाल प्राप्त अन्तर्राष्ट्रिय चलचित्रहरु निर्णायक समूहबाट हेर्ने काम भइरहेको अध्यक्ष डा. मिश्रले बताएकी छिन् । महोत्सवको लागि बढीमा २५ वटा सिनेमा चयन गरिनेछ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सवमा प्रदर्शन गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिकामाथि बनेको अन्य मुलुकका सिनेमा चयन गरिनेछ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।

महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा विगतझैं यसपटक पनि सांस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यबसायिक हुन सेकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक क्षत्रीले बताएका छन् ।

नेपाल खण्डअन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा  विधा रहेको पनि क्षत्रीले बताए ।  यस्तै नेपाली खण्डअन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्डअन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।

 

काठमाडौं, २८ वैशाख

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् ।

नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ठहर हुने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । सो प्रकरणमा मुछिएपछि पार्टीबाट निलम्बनमा परेका रायमाझी बैठकमा उपस्थित छैनन् ।

बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले रायमाझी एमालेसँग सम्पर्कमा नभएको बताएका थिए ।

सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने बुधबार नै पक्राउ परिसकेका छन् ।

 

चितवन, २८ वैशाख

चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुई वटा गैँडा मृत भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।

२६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौरहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृत अवस्थामा भेटिएको हो । भाले गैँडा दुई वर्ष छ महिनाको रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए ।

दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उनले बताए ।

 

काठमाडौं, २८ वैशाख 

नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा  ३० जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ ।

आर.के.श्रीवास्तव,गरुडा, बैशाख २८ गते ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा पौष्टिक अहार पैकेट वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित रहेको शितलपुरमा गर्भवती महिलाहरुलाई पौष्टिक अहार पैकेट वितरण गरिएको हो । मधेश प्रदेश सरकारको सहयोगमा उपलब्ध भएका समानहरू न.पा.को वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध राय यादव (संजय) को अध्यक्षतामा बिहिबार एक कार्यक्रमका बीच करिब सयौँ जना भन्दा बढी गर्भवती महिलाहरूलाई चार किसिमको पौष्टिक अहार पैकेट वितरण गरिएका छन् ।

आमा स्वस्थ भयो भने बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने हाम्रो भविष्य स्वस्थ हुन्छ , त्यस पछी हाम्रो समाज स्वस्थ र मजबूत हुन्छ भन्ने मुल उदेश्यलका साथ मधेश प्रदेश सरकारद्धारा प्राप्त पौष्टिक अहार गर्भवती महिलाहरुलाई वितरण गरिएको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्धा राय यादवले बताएका छन् ।

गर्भवती महिलाहरू पहिलाको तुलनामा गर्भ रहेको अवस्थामा पोषिलो खानेकुराहरू बढी खानुपर्ने बताउँदै पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष यादवले बताए ।

त्यस्तै उहाँले मधेश प्रदेश सरकारले गर्भवती महिलाको लागि पौष्टिक खानेकुरा उपलब्ध गराईदिएकोमा धन्यवाद समेत ज्ञापन गरेका हुँन् । उक्त पौष्टिक खानेकुरा वितरण कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य प्यारेलाल यादव, स्थानीय रामान्नद यादव, शितलपुर स्वास्थ्य चौकिको ईन्चार्ज रमेश यादव , स्वास्थ्यकर्मी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

 

काठमाडौं, २७ बैशाख ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफनो प्रस्तुतिकरण गर्र्दैछिन् ।

 

चीनको छाङ्सा सहरमा मंगलबारवाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फवाट उपमेयर डंगोलले आफनो प्रस्तुतिकरण दिन लागेकी हुन् ।

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलवार चीन प्रस्थान गरेकी उपमेयर डंगोलले आज काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफनो प्रस्तुतीकरण दिने छिन् ।

 

‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा सो प्रस्तुतीकरण हुने महानगरपालिकाले जनाएको छ ।

 

इस्लामवाद, २७ बैशाख ।

हालै पक्राउ परेका पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानका बारेमा एउटा खुलासा भएको छ ।

 

पाकिस्तानी अग्रज महिला पत्रकार अतिका रहमानका अनुुसार पुर्व प्रधानमन्त्री खानले घरमा आउने पाहुनालाई एक गिलास पानीसमेत दिदैनथे र खान निकै घमन्डी स्वभावका नेता रहेको उल्लेख गरेकी छिन् ।

 

‘जब इमरान खानकी पहिलो पत्नी जेमिमाका साथ बस्थे, त्यो बेला उनकी श्रीमती घरमा आउने पाहुनाको पुरै ख्याल गर्थिन । तर, इमरान भने एक गिलास पानी पनि खुवाउदैनथे, यो उनको तरिका हो,’ उनले पोस्प्रेक्ट म्यागाजिनसित भनेकी छिन, ‘जब म सन २०१३ मा उनको अन्तवार्ता लिन गएको थिए, उनले मेरो सामु नै बसेर पुरै ब्रेक फास्ट सकाए, तेलले लतपतिएको हात मुखमा धेरै बेर स्वादिलो तरिकाले लगे र कुनै पर्वाह नगरी डकार लिन सुरु गरे तर उनले मलाई एक गिलास पानी खाउँ पनि भनेनन, उनमा निकै घमन्ड देखिन्थ्यो । यो आदत उनले कहिल्यै पनि छाडेनन ।’

 

इस्लामवाद, २७ बैशाख ।

पुर्ब प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भडकिएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन् ।

 

हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठावाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरी बिरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

 

बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारेः
– हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।

– पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।

– पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।

– पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।

– पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।

– इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।

यसैगरी,  मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतवारको एक र्‍यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् ।

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।

 

काठमाडौं, २७ बैशाख ।

सुर्तीजन्य सामग्रीको मुल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मुल्य अंकित पोष्टर टाँसिएको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तिजन्य कम्पनीहरुले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरुको बिक्रीस्थलमा आफनो कम्पनीको नाम र दर रेटसहित मुल्यु सुची राखेर बिज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तिजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ बिपरित भएकाले त्यस्ता बिज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुटखा आदिका मुल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सुचनामा भनेको छ ।

सो सुचना अनुसार ‘यदी टाँस गरेको पाईएमा सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्योहोरा समेत यसै सुचनाद्धारा सबैमा जानकारी गराईन्छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।