काठमाडौं, १ वैशाख ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको जनाएको छ ।
केन्द्रिय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।
केन्द्रिय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ । उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जानाएको छ ।
काठमाडौं, १ वैशाख
नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।
नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् ।

सुरेशचन्द्र रिजाल ,बैशाख ०१ गते
राजनीति र कर्मचारीहरुका लागि वर्ष २०८० अधिक कष्टकर रहने योग रहेको छ । आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ ।
नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहिआएको छ । कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने परम्परा रहिआएको । नेवार समुदायहरुले कात्तिक महिनामा पर्ने गोवद्र्धन पूजाका दिन नयाँ वर्ष भव्य रुपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने परम्परा रहेको छ । यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा, वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकाले यसै दिनदेखि वैदिक नयाँ वर्ष प्रारम्भ हुने शास्त्रीय नियम रहिआएको छ ।
‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माजीले सृष्टिको प्रारम्भ पनि यसैदिनबाट प्रारम्भ गर्नुभएको हो भन्ने प्रमाण पनि यस श्लोकबाट पुष्टि हुन्छ । त्यस्तै हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेषगरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चीरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको धार्मिक मान्यता रहिआएको छ । विक्रम संवत् र शाके संवत्लाई आधार मानेर अंग्रेजी नयाँ वर्ष मनाउन थालिएको प्रमाणहरु पनि पर्याप्त भेटिएका छन् ।
ज्योतिषीय आधारमा नयाँ वर्ष २०८०
ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर बीस २०८० भरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ । हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर रहने संवत्सरको फलमा उल्लेख गरिएको छ ।
यस वर्ष गुरु बृहस्पतिको उदयास्तलाई विचार गर्दा देशका उच्च पदस्त कर्मचारी र राजनीतिक व्यक्तिहरुका लागि अधिक कष्टकर रहने योग रहेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले कात्तिक मसान्तसम्म निक्कै कठिनाई पनि झेल्नुपर्नेछ । लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा वर्षभरि उल्लेखनीय सुधार हुने छैन ।
नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ, बारका अधिपति ग्रह वर्षका मन्त्री हुने शास्त्रीय नियम रहेकोले यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह वर्षभरि नै राजाको भूमिकामा रहनेछन् । वैशाख १ गते शुक्रबार परेकाले वर्षभरि शुक्र ग्रह मन्त्री पदमा आसीन हुनेछन् । अतः राजा बुध र मन्त्री पदमा शुक्र ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ ।
राजा बुध र मन्त्री शुक्र ग्रह दुवै शुभग्रह भएकाले यसवर्ष माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । धर्म नमान्नेहरु पनि पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरन्जनका क्षेत्रमा निकै अगाडि बढ्ने योग रहेको छ ।
सस्येशमा चन्द्रमाको अधिकार रहने भएकोले दूध तथा तरल पदार्थमा मुल्य वृद्धि भइरहने छ । त्यस्तै धनेशमा सूर्य ग्रहको प्रभाव वर्षभरि नै पर्नेछ । विशेषगरी लुकेर राखिएका धन र बहुमूल्य सामाग्रीहरुको खोजीमा राज्य आफै लागि पर्नेछ । फलेश र दुर्गेशको जिम्मेवारी देवगुरु बृहस्पतिले प्राप्त गरेका छन्, जसका कारण विशेषगरी फलफूलहरुको उत्पादन वृद्धिले गर्दा आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ ।
देशका लागि जगल्लग्न कुण्डलीको प्रभाव
जगल्लग्नकुण्डलीमा लग्नेश तथा दशमेश बुध अष्टम स्थानमा बसी धनभावमा पूर्ण दृष्टि देख्नुलाई शुभ मानिँदैन । आर्थिक रुपमा निकै कमजोरीको सामना गर्नुपर्ने योग रहेको । दीर्घकालिक फाइदा हुने केही ठूलठूला योजनाहरू प्रारम्भ हुनै निकै कठिनाई हुनेछ । धार्मिक, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनी वृद्धि हुनेछ । रेमिट्यान्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउनेछ । वैदेशिकसम्बन्ध वर्षभरि राम्रो रहनेछ । तर, अध्ययनका लागि बाहिर जानेहरुका लागि यो वर्ष सरकारले अंकुश लगाउने ग्रहयोग निर्माण भएको छ ।
बुध तथा मंगल ग्रहको राशि परिवर्तन योग तथा सूर्य ग्रहमा ग्रहण योग बन्नु चाहिँ राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक छ । सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहनेछ । नेता र प्रशासकले जनतालाई आशलाग्दो योजना, कानुन र व्यवस्था प्रदान गर्न सक्ने छैनन् । असार २५ तथा मंसिर १९ गते राजनीतिक परिवर्तनको सम्भावना रहने योग रहेकाले विशेष सावधानी अपनाउनु पर्नेछ ।
नेपालको बृश्चिक राशि मान्दा वैशाख १५ गतेबाट सत्रु स्थानमा प्रवेश गर्ने बृहस्पति र कात्तिक अन्तिमसम्म राहुसँग गुरुचण्डाल योगमा पर्ने हुँदा झिना–मसिना चुनौती र सम्भावनालाई बोकेर आगामी वर्ष २०८० ले राज्यलाई उन्नतिको नयाँ मार्ग पहिल्याउन निकै मद्दत गरोस् हार्दिक शुभकामना ।
(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । )
काठमाडौं, १ वैशाख ।
आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।
मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ ।
काठमाडौँ, ३० चैत।
प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।

काठमाडौं, ३० चैत ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।
सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।
बाँके, ३० चैत ।
एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगञ्जमा भएको महाधिवेशनले संघको अध्यक्षमा थेबेलाई चयन गरेको हो । महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।
महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन् ।
कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ ।
कैलाली, ३० चैत ।
टीकापुर नगरपालिका-१ ब्लक नम्बर ५ बस्ने ६८ वर्षीय दिल प्रसाद शेरचनको न्यू ब्रान्च होटलमा जुवातास खेलिरहेको अवस्थामा शेरचन समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ९५ रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
साथै, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा शाही समेत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ९५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडाैँ, ३० चैत ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । झापाकाे मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
ईलामकाे चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४० रूपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरां सोही ठाउँ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ भवानी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश साउद र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बिचपुरी बस्ने २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरी रहेका छन् । उक्त स्थानमा सु.प.प्र.०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
इन्दीप कोइराला,बारा, ३० चैत ।
बारा क्षेत्र नम्बर .२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरुले आफ्ना गतिविधि बढाएका छन् ।

टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेतखेतमा पुगरे मत माग्ने क्रम बढेको छ । दलहरुले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ ।

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ ।
जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपती बनेपछि यहाँ उपचुनाव हुन लागेको हो ।

यसअघि जसपाल नै जितेकाले यसपटक जसपाकै उम्मेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

यस क्षेत्रमा अर्को बलियो शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित रहेको दाबी गरिएका छन् ।
एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पूरुषोत्त्म पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ ।

२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित पटेल दाबी गर्छन् ।
त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुविर महासेठ लगायतका संघीय सांसदहरु पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् ।

यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आएका छन् ।
गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहेका छन् ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।