२०८३ श्रावण २६
२०८३ श्रावण २६

 

काठमाडौं, ३ जेठ ।

आज मदन आश्रित स्मृति दिवस ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाईदैछ ।

अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिष्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिईन्छ ।

मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रिय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा बिभिन्न कार्यक्रम गरी दिवगंत नेताहरुको सम्झना गरिन्छ ।

‘बन्दुकको नालवाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने पराम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्धारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनबाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिष्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरुले जिवित ‘कार्ल माक्र्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरीका कम्युनिष्टहरु ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक बिश्लेषकहरुले भन्दै आएका छन्  ।

 

काठमाडौं, ३ जेठ ।

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

राती भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा र हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

 

काठमाडौं, २ जेठ

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

 

काठमाडौं, २ जेठ

टीकारपुर घटनामा प्रतिवादी बनाइएका सीताराम चौधरी र गंगाराम चौधरीलाई सर्वोच्च अदालतले पूर्ण सफाइ दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष थप कैद सुनाइएका उनीहरूलाई सर्वोच्चले सफाइ दिएको हो ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले पूर्ण सुनुवाइ गर्दै उनीहरूलाई सफाइ दिने निर्णय गरेको छ ।

सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतलाई लेखेर पठाउन आदेश जारी गरेको छ ।

 

काठमाडौं, २ जेठ

रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।

अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्ने दाबीसहित उनको जन्मकैदको फैसला सदर भएको हो ।

 

मलेसिया, २ जेठ ।

गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन ।

हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड २०२३ बाट सम्मानित गरिएको हो । हालै आयोजित एक कार्यक्रमका बीच ुरक क्याफे एन्ड बार,रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको पर्वर्दन र हस्पिटालिटि क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन । हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल,रेस्टुरेन्ट,ट्राभल्स लगाएत हस्पिटालिटि क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागी जनाउने गरेका छन । हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे ।

 

उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन् ।

 

 

काठमाडौं, २ जेठ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

 

नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो ।

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

 

राैतहट,जेष्ठ ०२ गते

रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको छ । सो भू–उपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण बन्द गरेको थियो ।

तर अव वर्गीकरणको अभावमा रोक्का रहेका जग्गा कारोबार सुचारु हुने भएको नगर प्रमुख कन्थमनी जयसवालले बताउनु भयाे ।

जग्गा वर्गीकरण नभएकै कारण धितो राखेर ऋण पाउन गाह्रो भएपछि सर्वसाधारणको उपचार, बिहेवारि, छोराछोरीका पढाइ, अंशबन्डा जस्ता अत्यावश्यक सामाजिक कार्य बाधित भएकोले पनि अव यि सवैको लागी सहज हुने मेयर जयसवालकाे भनाइ छ ।

‘वर्गीकरणपछि नापी, मालपोत र वित्तीय संस्थाका काम पुन. लयमा फर्कने अपेक्षा गरेकाे नगर प्रमुख कन्थमनी जयसवाल द्वारा गरूडा मालपोत कार्यालय प्रमुख लाई बिज्ञप्ति बुझाइएका छन् ।

 

आरके श्रीवास्तव,गरुडा,जेठ ०२ गते ।

रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको छ । आरम्भ परियोजना द्वारा बाैधीमाई नगरपालिकाको श्री शारदा माध्यमिक विद्यालय पिपरिया, रौतहटमा बाैधीमाई नगरपालिका, पिपुल. इन. निड नेपाल, शिक्षा विकास तथा समन्वय ईकाई, सामाजिक संस्था जिल्ला समन्वय समिति र आसामान नेपालको प्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको छ ।

आरम्भ परियोजनाले बिगत ४ बर्ष देखि रौतहट जिल्लामा काम गर्दै आईरहेको खण्डमा बाैधीमाई नगरपालिकामा पनि बिगत १ बर्षदेखि काम गर्ने शिलशिलामा १२ वटा सामुदायिक सिकाई केन्द्र द्धारा बाैधीमाई नगरपालिकाको विद्यालय बाहिर रहेको २४६ जना विवाहित र अविवाहित किशोरीहरुलाई शिक्षाको मुल प्रवाहकरणमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको छ ।

आरम्भ परियोजनाले बाैधीमाई नगरपालिकाको १६० जना विवाहित तथा अविाहित किशोरीहरु सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गर्नको साथै विद्यालयमा भर्ना हुनको लागि सहजिकरण गरिएको छ ।

यसै क्रममा बाैधीमाई ना.पा.को विभिन्न ६ वटा सामुदायिक विद्यालमा १६० जना किशोरीहरुलाई भर्ना हुनको लागि आसामान नेपालले आरम्भ परियोजना अन्तर्गत सहजिकरण गरिएको छ भने सो मध्ये बाैधीमाई नगरपालिकाको श्री शारदा माध्यमिक विद्यालय पिपरिया र श्री प्र बि कोपवा पिपरिया रौतहटमा बिभिन्न दुइटै बिधालय गरि कक्षागत रुपमा जम्मा ८८ जना किशोरीहरुलाई भर्ना गर्नमा सहजिकरण गरिएको छ ।

आसमान नेपालको सहजिकरणमा आजको संचालित संयुक्त अनुगमन भ्रमणमा बाैधीमाई नगरपालिका नगरप्रमुख प्रदिप यादव,उपप्रमुख प्रमिला देवी, प्रमुख प्रशासकिय कमल बहादुर कार्कि ,शिक्षा शाखाको रामईश्वर राय यादव, वडा अध्यक्ष लक्ष्मीनारायण यादव वडा जन प्रतिनिधिहरु, शिक्षा विकास तथा समन्वय ईकाईको प्रमुख रामविनय सिहं,

श्री शारदा माध्यमिक विद्यालय पिपरियाका शिक्षक, शिक्षिकाहरु, आसामान नेपाल र सामाजिक संस्था जिल्ला समन्वय समितिको कर्मचारीहरुको संयुक्त उपस्थितीमा यो अनुगमन भ्रमण संचालन भएको छ ।

साथ साथै आरम्भ परियोजनाले बाैधीमाई ना.पा.को विद्यालय बिचैमा छोडेका एवंम कहिले पनि विद्यालय नगएका विवाहित तथा अविवाहित किशोरीहरु, किशोरीका अभिभावकहरु,

समाजका अगुवा व्यक्तिहरु तथा विभिन्न धर्मका धार्मिक गुरुहरुसंग काम गरेको कुराहरु साह्रायिन रहेको अनुगमन समुहका भनाई रहेको थियो भने सामुदायिक सिकाई केन्द्रको कोर्ष पुरा गरी विद्यालयमा भर्ना भएको किशोरीहरुमा साक्षरता र गणितीय सीप तथा जीवन उपयोगी सीप राम्रो रहको कुरा सहभागीहरूले व्यक्त गरेका थिए ।

यसैगरी सामुदायिक सिकाई केन्द्रबाट आएको किशोरीहरु भविष्यमा पढाईलाई निरन्तरता लाने कुराको दृढता व्यक्त गरेको थियो भने विभिन्न सरोकारवालाहरु ना.पा., बि.व्य.स., विद्यालय, आसामान नेपाल,

एस.ओ.डि.सि.सि. र पिपुल इन निड नेपालको जनप्रतिनिधिहरुले भविष्यमा विद्यालयमा सामावेशि सिकाई वातावरण निमार्ण गर्नको प्रतिवद्धता समेत जाहेर गरिएको आसमान नेपालका शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी दिनु भएको थियो ।

             

 

काठमाडौं, २ जेठ ।

आज मन्त्रीपरिषदको बैठक बस्दैछ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाएका हुन ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।

 

सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।